गृहपृष्ठ » समचारप्यूठानमा जिप दुर्घटना २ को ज्यान गयो ११ जना घाइते

प्यूठानमा जिप दुर्घटना २ को ज्यान गयो ११ जना घाइते

April 24, 2016८६ पटक

शशिधर भण्डारी
प्यूठान १२ बैशाख । बागदुलाबाट खुङका लागि छुटेको लु १ ज १७४३ नं.को जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएको छन् ।
१३ जना यात्रु बाकेर हिडेको यात्रुवाहक जिप मच्छी ठूलावेशी सडक खण्डको आखरकोट ५ लामासेरामा करिव ५ः३० मा घटना भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनु भएको छ । उहाँका अनुसार जिप करिव १५० मिटर तल खस्दा घटना स्थलमै दुई जना खुङ्ग निवासी अन्दाजी ४५ वर्षिय जनक जि.सी. र ४६ वर्षिय जगत जि .सी. दाजुभाई रहेका रहेका छन् ।
घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल प्यूठानमा ल्याइएको छ ।

acccident1

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण