गृहपृष्ठ » समचारप्युठानमा जिप दुर्घट्ना ३ जनाको मृत्यु,१२ जना घाइते

प्युठानमा जिप दुर्घट्ना ३ जनाको मृत्यु,१२ जना घाइते

April 24, 2016४६ पटक

प्यूठान १२-वैशाख / बाग्दुलाबाट खुङतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्वरको यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी 13076881_873216202807534_8580760452903717760_n(1)खुङ–७  बासकोट निवासी बोम बहादुर जिसिका छोरा अन्दाजी ४० वर्षिय राम बहादुर जि.सी.र उनका आफ्नै भाई ३५ वर्षिय जनक जि.सी.को घटनास्थलमै मृत्यु भएको स्थानियले बताएका छन । सोही जिप दुर्घटनामा घाइते अर्का एक जना खुङ निबासी   श्याम बहादुर भण्डारीको पनि उपचारका लागि जिल्ला अस्पताल तर्फ ल्याउँदै गर्दा बाटो मै  मृत्यु भएको प्रहरिले बताएको छ ।

ओखरकोट–६ लामासेरामा भएको स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समितिको जिप दुर्घटनामा परी १२ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
प्रहरीका अनुसार घाईते सबैको जिल्ला अस्पताल विजुवारमा उपचार भैरहेको छ । जिप सडकबाट करिव एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेको प्रहरी र स्थानियले उद्धार गरेका थिए।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण