गृहपृष्ठ » साहित्यदाङमा कवि विना तामाङ र रातोघरको चर्चा

दाङमा कवि विना तामाङ र रातोघरको चर्चा

April 24, 2016१४४ पटक

दाङ १२ बैशाख
कवि बिना तामाङ र उहाको कविता संग्रह रातोघरको आज घोराहीमा चर्चा गरीएको छ । मदानी साहित्य समुह नेपालको आयोजनामा भएको कार्यक्रममा हेटौडा घर भै हाल काठमाण्डौमा बसेर कविता लेख्दै आउनु भएकी कवि विना तामाङले अहिले कवितामा सामाजिक यथार्थ विषय लेख्नुपर्ने बताउनु भएको छ ।

कार्यक्रममा पाठकहरु संग अन्र्तक्रिया गर्दै तामाङले अहिले पहिचानका मुद्धाहरु कवितामा लेख्ने समय भएको भन्दै सस्कृत भाषाका विम्ब प्रतिकले मात्रै अबको साहित्य समृद्ध हुन नसक्ने बताउनुभयो । कार्यक्रममा कवि तामाङले आफ्नो पछिल्लो कविता संग्रह रातो घरका विभिन्न कविताहरु बाचन गर्नुभएको थियो ।

यस्तै कवि नवीन अभिलाषी, घनश्याम अस्तित्वले तामाङलाई बाचनमा सहयोग गर्नुभएको थियो । कविता संग्रह रातोघरको समिक्षा गर्दै साहित्यकार राजेन्द्र गौतमले समाजको अथार्थ, युवाहरु बैदेशिक रोजगारमा जानुपर्ने बाध्यता, भुमण्डलीकरण तथा पहिचानका विभिन्न विषयमा लेखिएका कविताले संग्रहलाई बलियो बनाएको बताउनुभयो ।

कार्यक्रममा लेखक कुमारी लामाले मोफसल र केन्द्रलाई साहित्यमा जोड्न आबस्यक रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण मदानीका अभियान्ता केशरमान विसीले गर्नुभएको थियो ।।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण