एयर गन सहित भारतिय नागरिक नेपालगंजबाट पक्राउ
नेपालगन्ज ,बैशाख १३ –
भारत घर बताउने ३५ वर्षीय सलिम खानलाई प्रहरीले सानो पेस्तोल आकारको एयर गन सहित पक्राउ गरेको छ ।नेपालगंज उपमहानगरपालिका–२० स्थित सिमा प्रहरी चौकी जमुनाहाको चेक प्वाईन्ट नजिकबाट अत्याधिक मादक पदार्थ सेवन गरी भारततर्फ जादै गरेका खानले चलाएको युपि ४० एस ५५०६ नम्वरको मोटरसाइकल शनिबार चेकिङ व्यारेलमा ठक्कर खाई दुर्घटना भएपछि प्रहरीले चेकजाँच गर्दा उनको साथबाट उक्त एयरगन बरामद भएको थियो ।
उनिबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।