गृहपृष्ठ » समचारखिर्की नाकाका अग्निपीडितलाई राहत वितरण

खिर्की नाकाका अग्निपीडितलाई राहत वितरण

April 25, 2016६५ पटक

बेगम महरा १३ बैशाख, गढवा
राजपुर ९ खिर्कीनाकाका अग्निपीडितहरुलाई सोमबार नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाले राहत सामग्री हस्तान्तरण गरेको छ । उपशाखाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच सभापति दिपक कुमार यादव, सचिव शिवराज पन्थी र उप कोषाध्यक्ष खुमानन्द पोख्रेलले पीडित परिवारका १० जनालाई कम्बल, लत्ता कपडा, भाडाकुडा र बाल्टी वितरण गर्नुभएको हो । यसैगरी गढवा उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरी रोटरी क्लब तुल्सीपुर र रोटरी क्लब दाङ घोराहीले प्राप्त गराएको प्रति परिवार बाइस हजारका दरले आठ घरपरिवारलाई १ लाख ७६ हजार बराबरको जिन्सी सामग्री हस्तान्तरण गरेको छ । संघका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं.१ का सभापति भेषराज पाण्डेय, गढवा ईकाई सभापति बालचन्द्र हमाल, सल्लाहकारहरु उमाकान्त पन्त, राम प्रसाद गैरे लगायतले नाकाका अग्निपीडितहरुलाई पुनर्वास र खानेपानीको व्यवस्था गर्न सम्बन्धित सरोकार निकायलाई अनुरोध गरेका छन् । कार्यक्रमको सहजीकरण सहसचिव बिर बहादुर आलेले गर्नुभएको थियो । यसैबीच नेपाली कांग्रेस क्षेत्र नं.१ ले पार्टि कार्यालय लमहीमा एक कार्यक्रमको आयोजना गरी खिर्किनाकाका १० घर परिवारका अग्निपीडितहरुलाई प्रति परिवार ३ हजारका दरले ३० हजार नगद र ६० हजार बराबरको लत्ता कपडा गरी ९० हजार बढिको राहत प्रदान गरेको छ । यसैगरी सत्यसाई केन्द्र लमहीले पनि खिर्किनाकाका अग्निपीडितहरुलाई सोमबार खाद्यान्न लत्ता कपडा लगायतका राहत सामग्री हस्तान्तरण गरेको छ । पीडितहरुले आफ्नो पुनर्वासका लागि सोचिदिन सरकारी निकाय लगायत सवैलाई आग्रह गरेका छन् । उनीहरु आइतबार ८ घण्टा पैदन हिडेर राहत लिन लमही र गढवा पुगेको बताए । गत चैत्र २८ गते खिर्किनाकामा आगलागी हुँदा १२ घर नष्ट भएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण