गृहपृष्ठ » समचारकुवेतबाट अग्निपीडितलाई राहत

कुवेतबाट अग्निपीडितलाई राहत

April 25, 2016५३ पटक

बेगम महरा १३ बैशाख, देउखुरि
गंगापरस्पुर ८ बाँकी र खजरौटामा गत चैत्र २९ गते भएको भिषण आगलागी बाट पीडित परिवारलाई कुवेत बाट राहत आएको छ । रोजगारको शिलशिलामा कुवेत पुगेका गंगापरस्पुर ८ बाँकीका चिरन्जीवि खनालको सक्रियतामा भिम, प्रेम र शैलेस लगायत त्यहाँ स्थित अलअहमदीया कम्पनीमा कार्यरत नेपालका विभिन्न जिल्लाका ब्यत्तिहरुले २० हजार ३ सय पचास पीडितको पुनर्वासको व्यवस्थाका लागि पठाएका हुन् । सोमबार राहत संकलन तथा वितरण समितिको खातामा कुवेत बाट प्राप्त उक्त रकम जम्मा गरिएको छ । हाल सम्म अग्निपीडितका लागि खोलिएको खातामा ९५ हजार बढि रकम जम्मा भइसकेको गढवा उद्योग वाणिज्य संघले जनाएको छ । सवैतिरबाट आउने नगद रकम बैंकमा जम्मा गरी पीडित परिवारलाई टिन खरिद गरेर पुनर्वासका लागि वितरण गरिने रेडक्रस उपशाखा गढवा र उद्योग वाणिज्य संघ गढवाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण