गृहपृष्ठ » शिक्षाहुम्लामा अज्ञात रोगको महामारी फैलियो, १४ जनाको मृत्यु

हुम्लामा अज्ञात रोगको महामारी फैलियो, १४ जनाको मृत्यु

April 25, 2016१२३ पटक

हुम्ला हुम्लामा एक सातादेखि फैलिएको अज्ञात रोगका कारण १४ जना मृत्यु भएको छ । जिल्लाको राया र स्याँडा गाविसमा अज्ञात रोगका कारणले १४ जनाको मृत्यु भएको हो ।

गत सातादेखि फैलिएको अज्ञात रोगका कारण स्याँडा गाबिस– ४ की लामती बुढा, सोही गाविस– ६ का भद्विर बुढा, वडा नम्बर ५ की ढोली बुढा र वडा नम्बर ४ का धनराज बुढाको मृत्यु भएको स्याँडाका स्थानीय छक्क बुढाले बताए । मृत्यु हुनेमा १९ बर्षदेखि ७२ वर्षसम्मको रहेको उनले बताए ।

यसैगरी अज्ञात रोगका कारण राया गाविसमा ७ मा जनाको मृत्यु भएको छ । गतहप्तादेखि बिरामी हुने मृत्यु हुने गरेको रायाका स्थानीय वासिन्दा बलविर रावलले बताए ।

रावलका अनुसार एक सातामै अचानक फैलिएको रोगले राया गाबिस वडा नं. ६ का सिरे रावल र उनकी श्रीमती लाटी रावलको मृत्यु भएको छ । श्रीमती लाटीको वैशाख ८ गते मृत्यु भएको थियो भने सिरेको वैशाख १२ गते मृत्यु भएको छ ।

सुुरुमा नाक, कान बुझिने, ज्वरो आउने र बिस्तारै खान मन नलाग्ने उक्त रोगले राया गाबिस–८ का ५७ वर्षका जस रावल र निजकी ५२ वार्षिय श्रीमती चिनकली रावलको समेत मृत्यु भएको छ ।

यस्तै, राया– की ३५ वर्षिया विष्णु रावल, ७ की ७५ वर्षकी रिउली रावल, २ का ७७ वर्षीय सर्वजित रावलको मृत्यु भएको रायाका पूर्व गाविस अध्यक्ष प्रेमबहादुर बुढाले बताए । जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका सुचना अधिकारी नरेशबाबु श्रेष्ठले राया ५ र स्याँडामा ४ गरी ९ जनाको मात्रै मृत्यु भएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण