दाङमा सप्ताहब्यापी सञ्चार प्रविधि दिवस मनाइदै
उज्यालो लालटिन,१४ बैशाख ।घोराही
कम्प्युटर एशोसियसन नेपाल महासघ दाङ शाखाले ‘ राष्ट्रिय
सूचना तथा सञ्चार प्रविधि दिवस’ विभिन्न कार्यक्रमहरु गर्दै सप्ताहव्यापी रुपमा
मनाइने भएको छ ।
बैशाख २० गते परेको ‘ राष्ट्रि सूचना तथा सञ्चार प्रविधि दिवस’का अवसरमा
महासघले १४ गते तेरौटेमा रहेको वृद्धआश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफुल
वितरण,१६ गते नेपाल रेडक्रस सोसाइटी घोराही शाखामा रक्तदान गर्ने, १८
गते तुलसीपुर नगरपालिकामा ग्रामीण विकासमा सूचना तथा सञ्चारको भुमिका
विषयक अन्तरक्रिया कार्यक्रम गर्ने,२० गते घोराहीमा प्रभातफेरी कार्यक्रमको
आयोजना गरी दिवस मनाउन लागेको कम्प्युटर एशोसियसन नेपाल महासघ दाङ
शाखाका अध्यक्ष भिमसेन गिरीले जानकारी दिनुभएको छ ।