गृहपृष्ठ » समचारदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

April 26, 2016६० पटक
काठमाडौं, १४ बैशाख

 
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ  । तनहुँको जामुने–५ पसले स्थित पृथ्वी राजमार्गमा ग.५ प ९५५० नम्बरको मोटरसाइकललाई र बा.१३ च ६१५४ नम्बरको कारले सोमबार ठक्कर दिदाँ मोटरसाइकल चालक कास्की घर भएका ५० वर्षीय पदमबहादुर बानियाँ गम्भीर घाइते भएकोले रत्नहरी अस्पताल दमौली हुँदै मणिपाल अस्पताल पोखरा लगेकोमा उपचारको क्रममा मृत्यु भएको छ । दुबै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्याङ्जाको भिरकोट नगरपालिका–५ रानिरह स्थित सिद्धार्थ राजमार्गमा ग.१ त २५५७ नम्बरको ट्याक्टरको ट्रली सोमबार अचानक फुत्कन गई पल्टेर दुर्घटना हुदाँ ट्याक्टरमा काम गर्ने सोही ठाउँ बस्ने १८ वर्षीय रमकान्त बोट र सोही नगरपालिका–३ बस्ने २० बर्षीय बिनोद माझीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका बोटको कालिका अस्पताल हेलुमा र माझीको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका ३ जना घाइतेको पोखरामा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
त्यस्तै, चितवनको कबिलास–५ स्थित मुग्लिङ–नारायणगढ सडक खण्डमा ना.१८ प ९४२८ नम्बरको मोटरसाइकलाई ना.४ ख ३२६० नम्बरको ट्याङकरले सोमबार ठक्कर दिंदा मोटरसाइकल चालक भरतपुर उपमहानगरपालिका–२७ बस्ने ३४ बर्षीय बिनोद गुरुङ गम्भीर घाइते भएकोले उपचारको लागि भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनकै नारायणी नगरपालिका–१ स्थित पर्सा बजारमा ना.४ त ७१९१ नम्बरको ट्याक्टर सोमबार अनियन्त्रित भई दुर्घटना हुँदा  १४ बर्षीय प्रशान्त पोख्रेल गम्भीर घाइते भएकोले उपचारको लागि भरतपुरतर्फ लैजादा बाटोमै मृत्यु भएको छ ।
यता, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ बेलबास स्थित महेन्द्र राजमार्गमा नम्बर नखुलेको सवारी साधनले सोमबार राति नाम,थर,वतन खुल्न नसकेका अंदाजी ५५ बर्षीय पुरुष व्यक्तिलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । फरार सवारी साधन र चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण