गृहपृष्ठ » मुख्य समाचारपर्खाल भत्किँदा बालिकाको मृत्यु

पर्खाल भत्किँदा बालिकाको मृत्यु

August 5, 2015२४५ पटक

सर्लाही श्राबण २० गते ।।
चन्द्रनगरमा पर्खालले थिचेर एक बालिकाको घटना स्थलमै मृत्यु गएको छ । चन्द्रनगर गाविस वडा नम्वर १ का गोपाल साहकी ९ वर्षीया छोरी बिनिता साहको पर्खालमा च्यापिएर मृत्युभएको हो । गएसाँझ पौने ६ बजे आफ्नै चापाकलमा नुहाई रहेकी बालिकाको छिमेकी रामप्रताप पण्डितको घरको पर्खाल भत्किँदा च्यापिएर मृत्युभएको ईलाका प्रहरी कार्यालय भत्तिपुरले जनाएको छ । पर्खाल ढल्दा बालिकाको टाउकोमा गहिरो चोट लाग्दा घटना स्थलमै मृत्युभएको प्रहरी सहायक निरीक्षक अशोक झाले जानकारी दिनुभयो । पर्खाल वैशाख १२ गते गएको भूकम्पका कारण चर्किएर जिर्ण बनेको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण