गृहपृष्ठ » मुख्य समाचार, राजनीतिमधेसका चार दल र राप्रपा नेपालद्वारा संविधानसभा बैठक बहिष्कार

मधेसका चार दल र राप्रपा नेपालद्वारा संविधानसभा बैठक बहिष्कार

August 11, 2015२३७ पटक

काठमाडौं, साउन २६ – मधेस केन्द्रित चार दल र राप्रपा नेपालले संविधानसभाको बैठक बहिस्कार गरेका छन् । संविधानको मस्यौदा र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले परिमार्जन गरेको प्रतिवेदनले सबैका अधिकार सुनिश्चित गर्न नसकेको भन्दै ती दलले बहिस्कार गरेका हुन् ।

विशेष समयमा माग गदैं संघीय फोरम समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतका कुनै पनि आन्दोलनलाई संस्थागत हुन नदिइए जस्तै २०६२/०६२ को आन्दोलन र मधेस आन्दोलनलाई पनि संस्थागत हुन नदिने षड्यन्त्र भइरहेको आरोप लगाउनुभयो । चार दलले ६ प्रदेशमा जाने निर्णय गरे पनि त्यो कुनै पनि आधारमा न्यायोचित नभएको यादवको भनाइ छ । उहाँले भन्नुभयो, ‘विगतमा पहिचा र समाथ्र्यका आधारमा संघीतामा जाने भने पनि त्यसलाई पूर्ण रुपमा बेवास्ता गरिएको छ । १६ बुँदे सहमतिमा पनि त्यो उल्लेख रहेछ ।

चार दलले आफैंले गरेको सहमतिलाई पनि लत्याए ।’ राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले बहुसंख्या नागरिकको भावना विपरीत आएको संविधान टिकाउ नहुने दाबी गर्नुभयो । संवाद समितिले पेश गरेको नागरिकका सुझाव समेट्ने बारेको प्रतिवेदनमाथिको छलफल सकेर आजै मस्यौदा परिमार्जनका लागि संविधान मस्यौदा समितिमा पठाउने तयारी संसद सचिवालयले गरेको छ । प्रतिवेदनमाथि अहिले पनि छलफल भइरहेको छ ।

यसअघि बिहान बसेको संविधानसभा बैठकले वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार राजेश्वर देवकोटाको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण