गृहपृष्ठ » समचार, स्वास्थ्यच्याउ खेती तालिम सम्पन्न

च्याउ खेती तालिम सम्पन्न

April 26, 2016११३ पटक

बेगम महरा
देउखुरी, बैशाख १४ । लमही नगरपालिकाको प्रायोजनमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् लमहीको आयोजना तथा च्याउ खेती तालिम उपभोक्ता समितिको व्यवस्थापनमा ७ दिने च्याउ खेती सम्पन्न भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् लमहीका अध्यक्ष छविलाल चौधरीको सभापतित्व, एवम् समाजसेवी हेमराज राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको समापन कार्यक्रममा सरस्वती गौतम, गोमा कुमाल, शान्ता परियार, दीपा चौधरी, मन्ताराम चौधरी, देवमणि चौधरी भक्ति चौधरीले पछाडि परेका आदिवासी जनजातिलाई दिइएको यो तालिम महत्वपूर्ण रहेको बताउँदै तालिममा सिकाइएका कुराहरुलाई व्यवहारमा उतार्न सके जिवीकोपार्जनको लागि पनि आयश्रोत बन्न सक्ने बताए ।
लमही नगरपालिकाका विभिन्न वडाका २५ जनाको सहभागिता रहेको कार्यक्रममा पवित्रा घर्ती मगरले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने दीपा चौधरीले मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण छविलाल कुमालले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण