गृहपृष्ठ » अार्थिक, समचारकरोडको लगानी कृषिमा । राज्यको अनुदान नीति नारामा सिमिति

करोडको लगानी कृषिमा । राज्यको अनुदान नीति नारामा सिमिति

April 26, 2016१२२ पटक

प्यार अलि खाँन

प्यूठान, बैसाख १४ । दाङ्गको सिसहनीया–६ पिपरामा लाल मोहमदले करिब १ करोडको लगानीमा कृषि फर्म संचालनमा ल्याएका छन् । पिपरा भैंसी तथा राँगा फर्म र राप्ती मक्ष तथा पोल्टी फर्ममा ३ वटा माछापोखरी, १ वटा व्यवस्थित आधुनिक भैंसी फर्म र करिब २ हजार ५ सय कुखुरा अट्ने क्षमता सहितको आधुनिक पोल्टी फर्म निर्माणाधिन अवस्थामा रहेको छ ।

दाङ्गकै नमुना यस कृषि फर्ममा राज्यबाट हालसम्म एक रुपैयाँ पनि लगानी हुन सकेको छैन् । राज्यको कृषि अनुदान नीतिले फर्मलाई नछोएकोमा मोहमद चिन्तित छन् । कृषि क्षेत्रमा काम गर्ने निकाय खबरबाट बेखबर हुँदा फर्मले अपेक्षाकृत तिब्र विकास गर्न सकेको छैन् । संयुक्त रुपमा यसरी भैंसी तथा माछापालन दाङ्गकै पहिलो कृषि फर्म भएको लाल मोहमदको दावी छ । यहाँ सम्मकी दाङ्गमा क्रियासिल संचारमाध्यमले फर्मको समाचार सम्प्रेषणमा ध्यान नदिएकोमा उनले दुःखसो पोखे ।

मोहमदले २०७० मा १५ कठ्ठा जग्गामा २ वटा माछापोखरी खनेका थिए । पहिलो वर्ष कामन कार्प, ग्रास कार्पको करिब २० हजार भुरा राखेर माछापालन गरेका मोहमदले शुरुमा अनुभवको कमिका कारण अपेक्षाकृत मुनाफा हुन नसकेको बताए । ‘पोखरीको क्षमता ५ हजार भुरा राख्नु पर्ने तर २० हजार राखियो ।’ मोहमदले उज्यालो लालनिसंगको कुराकानीमा भने, ‘माछाको सबैभन्दा ठुलो सत्रु सर्प हुँदो रहेछ ।’ सर्प नियन्त्रणका लागि ल्याईएको पासोले प्रभावकारी काम नगरेको उनले बताए ।

मोहमदले पुनः२०७२ मा १६ कठ्ठा जमिनमा थप १ वटा माछापोखरी खने जसमा रहु, नैनी, कामन कार्प र ग्रास कार्पका १४ हजार भुराहरु राखि माछापालन गर्दै आएका छन् । भुरा राखेको ६ महिनामा माछाको तौल ७ सय देखि १ के.जी हुने मोहमदले बताए । यस वर्ष करिब ३० देखि ३५ क्वीन्टल माछा उत्पादन गर्ने लक्ष्य लिएको मोहमदको भनाई छ । पोखरीबाटै माछा प्रति के.जी २ सय ५० रुपैयाँमा विक्रि वितरण भैरहेको मोहमदले बताए । उत्पादित माछाको बजारमा कुनै समस्या नरहेको उनको भनाई छ ।

हालै खनिएको पोखरीमा ५÷७ हजार भुरा राख्ने क्षमता भएपनि सर्पले नोक्सानी पु¥याउने हुँदा १४ हजार भुराहरु राखिएको उनले जानकारी दिए । ‘गत वर्ष सर्पले करिब ४ हजार भुरा नष्ट गरेको थियो ।’ मोहमदले सुनाए ।

कम मेहनत बढी मुनाफा हुने भएकाले यस पेसा प्रति आफु आकर्षित भएको मोहमदको भनाई छ । कृषि प्रधान देश भएर पनि आफुले राज्यबाट हालसम्म कुनै पनि प्रकारको सहयोग नपाएकोमा मोहमदले गुनासो पोखे । ‘कृषि फर्मको आधुनिकिकरणमा राज्यले पनि लगानी गर्नु पर्दछ ।’मोहमले भने, ‘पहुँच वालाहरुले अनुदान पाउने भए ।, हाम्रो कुरा कस्ले सुन्ने ?’ राज्यले कृषिमा लगानी गर्ने नीति बनाएपनि सो नीतिले आफुलाई नछोएकोमा उनले चिन्ता व्यक्त गरे । राज्यबाट केहि सहयोग पाएमा फर्मलाई दाङ्गकै नमुना हेर्न र सिको गर्न लायक बहुउद्धेश्यीय फर्म बनाउने आफ्नो चाहाना रहेको उनले बताए ।

माछापालमा मोहमदका जेठा छोरा हसन अलिले साथ दिएका छन् । माछामा रोगब्याधिको सम्भावना कम हुने भएकाले आहारविहार र पानीमा ध्यान दिनु पर्ने हसन अलिले बताए । ‘दिनमा दुई पटक बरान र खली मिसाएर माछालाई आहारा दिन्छौँ ।’ अलिले भने, ‘गाई भैंसीको मल १५ दिनमा एक पटक दिएमा माछाको बृद्धिविकास राम्रो हुन्छ ।’ गर्मी मौशम सुरु भएकाले तालमा पानी तातिने हुँदा पानीको मात्रामा ध्यान दिनुपर्ने अलिको सुझाव छ । कम मेहनत र झन्जटीलो नहुने भएकाले आफु थप यो पेसामा आकर्षित भएको अलिको भनाई छ । व्यवस्थित माछापालनका लागि जिल्ला कृषि विकास कार्यालय दाङ्गबाट ३ दिने र धनगढीबाट १ हप्ते तालिम समेत लिएको अलिले बताए ।

लाल मोहमदले व्यवसायिक भैंसीपालन समेत गरेका छन् । हाल फर्ममा १० वटा दुध दिने र ६ वटा बेहुने तयारीमा रहेका भैंसी रहेका छन् । भारतको गोरखपुर देखि दक्षिण जबुनियाबाट दोस्रो मुर्रा जातका भैंसी खरिद गरेको मोहमदले बताए । ढुवानी सहित एक भैंसीको खरिद मुल्य १ लाख पर्न आएको उनले बताए । ‘दैनिक १० वटा भैंसीले विहान साँझ ७०÷७५ लिटर दुध दिने गरेको छ ।’ मोहमदले भने, ‘दुधको माग बढी छ पु¥याउन सकेको छैन् ।’ प्रति लिटर ५५ रुपैयाँमा दुध विक्रि हुने गरेको उनले बताए । ५० वटा भैंसी अट्ने क्षमताको आधुनिक गोठमा हाल पाडापाडी सहित ३० वटा संख्या रहेको मोहमदले बताए ।

भैंसीले खाने मुख्य दाना, पराल, मेशिनले काटेको हरियो घाँस मिसाएर दिनमा २ पटक खुवाउने गरेको उनले बताए । समय–समयमा सम्भावित रोगको विरुद्ध पशु चिकित्सकको परामर्शमा भ्याक्सीन दिनुपर्ने उनको भनाई छ । भैंसीपालनमा ३ जना हेरालु राखिएको उनले बताए । हेरालुको वार्षिक खर्च करिब ३ लाख हुने उनले बताए । भैंसीका लागि मोहमदले २ विघामा घाँस खेति समेत गरेका छन् । उनले बर्साम, टि–सेन्टी, सुडान जातका घाँस रोपेका छन् । ‘वहुवर्षिय घाँस खेति गर्ने सोँचमा छु ।’ मोहमदले भने ।

१० वटा भैंसीबाट वार्षिक खर्च कटाएर ६ लाख आम्दानी हुने उनको भनाई छ । माछा तथा दुधमा नगद कारोवार हुने भएकाले व्यवस्थित योजना सहित कृषि पेशामा लाग्न उनको सुझाव छ । प्यूठानको हंसपुरमा जन्मिएका लाल मोहमद हाल दाङ्गको भालुबाङ्गमा बसोवास गर्दै आएका छन् ।

SAMSUNG CAMERA PICTURES

SAMSUNG CAMERA PICTURES

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण