गृहपृष्ठ » देवदह-रत्न, मनोरञ्जन, समाचारहरुदेवदहकी छोरी, बोल्ड व्यक्तित्व दिपा बस्नेत

देवदहकी छोरी, बोल्ड व्यक्तित्व दिपा बस्नेत

April 27, 2016६६३ पटक

(देवदहमा कैयौं यस्ता व्यक्ति छन्, जसले आफ्नो क्षेत्रमा रहेर पनि रास्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाईसकेका छन् । तर हामी धेरै देवदहबासीहरु उहाँहरुलाई चिन्दैनौ । एउटा नयाँ कार्यको सुरुवात हामीबाटै हुनुपर्छ भन्ने अभिप्रायले देवदहका युवा साहित्यकार विनोद उदयले देवदह साप्ताहिकमा ‘देवदह रत्न’ नामक स्तम्भ सुरु गरेका छन् ।
यो नविन कार्यलाई आत्मसात गर्दै आजबाट हाम्रो अनलाईन पत्रिका ‘उज्यालो लाल्टिन’ मार्फत पनि देवदह रत्न स्तम्भको प्रकाशन आरम्भ गरेका छौ । देवदह रत्न स्तम्भ मार्फत अब देखि ‘उज्यालो लाल्टिन’ मार्फत देवदह साप्ताहिकमा प्रकाशित लेख प्रकाशन गरिने जानकारी गराउन चाहन्छौ । प्रस्तुत छ देवदह साप्ताहिकमा २०७२ चैत्र ८ गते सोमबार प्रकाशित यो आलेख : – उज्यालो लाल्टिन )

binod

विनोद उदय

– विनोद उदय
समय त्यति हेक्का भएन (समयको हेक्का राख्ने उद्यममा म कमसल टाइपकै मान्छे हुँ ।), जहाँसम्म मोटामोटी अनुमान लगाउछुँ, करिब १४÷१५ बर्ष अघिको समय होलात्यो, रुपन्देही जिल्ला स्थित देवदह–४, भवानीपुरको आँगनमै विराजमान महामाया उ. मा. वि. को प्राङ्गणमा एउटा ठिक ठिकैको आकर्षक मञ्च थियो।मञ्चको भित्तामा टाँसेर लहरै राखिएका केही थान कुर्चिहरु माथि थपक्क बसेका केही थान शिक्षकहरु थिए । र थिए अन्य केही थान ‘ठूला मान्छेहरु’ पनि । त्यस्तै मञ्चको अगाडि स्कूले केटाकेटीहरुको ठूलै जुलुस थियो । मञ्चको बाँया कुनामा एउटी किशोरी हातमा माइक्रोफोन बोकेर गीतगाउँदै थिइन्, ‘जतिमाया लाएपनि, जति कसम खाएपनि ……………. ।’ यो गीत गाएको सुनेर केटाकेटीको जुलुसमा बसेको एउटा फुच्चे चकित मात्रै हुन्न महाचकित हुन्छ । आवाज पनि कति मिठो के ! अरे बाफ रे ! मान्छेहरु यति मिठो भाकामा र यति मिठो स्वरमा पनि गीत गाउँदा रहेछन् भनेर पहिलो पटक थाहापाएको थियो त्यो फुच्चेले ।
धेरै लम्बाचौडा कुरा नगरी भनिहाल्छु, त्यो सुरिलो आवाजकी धनी किशोरी थिइन् अहिलेकी चर्चित चलचित्र निर्देशक दिपा बस्नेत । र त्यो फुच्चे थिएँ म  पंक्तिकार । अहिले पनि जब म दिपा दिदिलाई सम्झन्छु, मेरा अघिल्तिर उही गीत गाउँदै गरेकी किशोरीको दृश्य चल्मलाउन थाल्छ । खैर छोडौ यो कुरा ।

***                 ***                 ***

जिन्दगी सधै सरल रेखामा मात्रै हिड्दैन भन्ने उनले राम्रै संग भोगिन् । हुन त अक्सर धेरै मान्छेहरुको जिन्दगी सरल रेखामा मात्र हिड्दैन तर उनको जिन्दगीको यात्रा अलि बाक्लै गरी बाङ्गा टिङ्गा रेखाहरुमा हिड्यो ।

Deepa1पहाडी जिल्ला गुल्मीको सुन्दर गाउँ हर्मिचौरको माटोमा आज भन्दा ३२ बर्ष अघि पाइला टेकेकी उनले त्यहाँ धेरै समय बिताउन पाइनन् । बुवाको जागिर भारतको देहरादुनमा भएका कारण करिब ५ महिनाको उमेरदेखि ५ बर्षको उमेर सम्म उतै बसिन् । त्यसपछी देवदह आएकी उनले कक्षा १ देखि कक्षा ६ सम्म देवदह प्रा. वि. (हाल उ. मा. वि.) मा र कक्षा ७ केरवानी उ. मा. वि. मा अध्ययन गरिन् । भवानीपुर स्थित महामाया उ.मा. वि. बाट प्रवेशिका उत्तिर्ण गरेकी उनले यस बिचका दुई बर्ष काठमाडौका दुई विद्यालयहरुमा खर्च गरिन् । उनको विद्यार्थी जीवन हेर्दा लाग्छ, उनी फिरन्ते विद्यार्थी हुन् । यो उनको बाध्यता थियो । काठमाडौको स्कुल हिंन्दु विद्या पिठमा पढ्दै गर्दा उनले ३ जना साथीहरुसंग मिलेर बाल गीति एल्बम पनि निकालिन् । उनको विद्यालयले आर्थिक प्रायोजन गरेको थियो त्यो एल्बमलाई । प्रवेशिका उत्तिर्ण पछि पुन काठमाडौ गएकी उनी विभिन्न आरोह अवरोह झेल्दै आजसम्मै उतै छिन् । धेरै उकालीहरु र ओरालीहरुमा यात्रा गर्दै दिपाले आज जुन अग्लो-सग्लो परिचय र स्थान आर्जन गरेकी छिन् त्यसले देवदह गौरवान्वित छ । देवदहबासी गर्वित छौ ।

***                 ***                 ***

जिन्दगी सधै सरल रेखामा मात्रै हिड्दैन भन्ने उनले राम्रै संग भोगिन् । हुन त अक्सर धेरै मान्छेहरुको जिन्दगी सरल रेखामा मात्र हिड्दैन तर उनको जिन्दगीको यात्रा अलि बाक्लै गरी बाङ्गा टिङ्गा रेखाहरुमा हिड्यो । सानै उमेरमा आफ्नो जिन्दगीको जिम्मेवारी आफै लिएर अघि बढेकी हुनाले पनि उनले अलि जोखिमपुर्ण यात्रा गर्नु प¥यो । भएछ के भने उनकाबुवा लक्ष्मी कान्त पाण्डेय भारतीय सेनाका सदस्य थिए, उसताका । सेनामै रहँदा उनले प्राकृतिक चिकित्सामा बिशेषज्ञता पनि हासिल गरेका थिए । हक्की स्वभावका उनले हक्की स्वभावकै छोरी दिपालाई पनि प्राकृतिक चिकित्सक बनाउन चाहेका थिए ।

धेरै पढेर केही गर्ने र गायिका बन्ने सपना देखेकी दिपाले बुवा संग झगडा गरिन्, बिहे गर्न मानिनन् । यसपाली यत्तिकै ट¥यो बिहेको कुरा । यो उनी कक्षा ८ मा पढ्दै गर्दाको कुरा थियो ।

फलस्वरुप उनले छोरीलाई घरमै ध्यान, योगा र प्राकृतिक उपचारका विधिहरु सिकाए । छोरीले सिकिन् पनि । तर उनको रुचि थिएन त्यो । उनी गीत गाउँथिन् । सुरिलो स्वर थियो (अहिले पनि छ) । त्यसैले गायिका बन्ने सपना बुनेकी थिइन् । यसैबेला नौ जना छोरीका बाबु उनका बुवाले खै के बाध्यता र विचारले हो दिपाको बिहे गरिदिने सुर पो कसे । त्यस अघि उनले माध्यमिक शिक्षा पढ्दै गरेका आफ्ना दुई छोरीहरुको बिहे गराइ दिई सकेका थिए । पालो साहिली छोरी दिपाकै थियो । धेरै पढेर केही गर्ने र गायिका बन्ने सपना देखेकी दिपाले बुवा संग झगडा गरिन्, बिहे गर्न मानिनन् । यसपाली यत्तिकै ट¥यो बिहेको कुरा । यो उनी कक्षा ८ मा पढ्दै गर्दाको कुरा थियो । प्रवेशिका उत्तिर्ण गरेपछि गायिका बन्ने बाटोमा अगाडि बढ्न काठमाडौ गएर ललितकला क्याम्पसमा भर्ना भइन् उनी । यतिबेला बुवाले फेरी उनको बिहेको उठाए । यसपाली त बिहे गर्नैपर्ने जंगी टाइपको उर्दी जारी गरे । हो यसैबेला हो दिपाको जिन्दगीको कहानीमा ट्वीस्ट आएको । अन्ततः उनले बुवाको सपनामाथि मात्रै होइन इच्छामाथि पनि हिड्न अस्वीकार गरिन् । र पाइला सोझ्याइन् आफ्नै सपनाको गोरेटोतिर । उनले बिद्रोह गरिन् । घर छाडिन् । परिवार छाडिन् ।

घर बिहिन भएपछि उनी सिधा ओशो तपोवन गइन् । त्यही शरण लिइन् । योगा र ध्यानमा पहिलेदेखि नै पोख्त उनले त्यहाँ साधना र सेवा गरेर बसिन् । त्यत्तिमै कुरा कहाँ रोकियो र, उनी त त्यहाँ योग गुरु भएर पो निस्किइन् । उनी त भारतसम्म पनि पुगिन्, योग र ध्यान सिकाउन । यो हो नि तरिका । उनको लगन र इमान्दारिताको फल । त्यसपछि त के चाहियो र ∕ सानी केटीको योग कलाबाट धेरै मान्छेहरु प्रभावित भए । त्यो धेरै मान्छेहरुमा केही दिग्गज मान्छेहरु पनि थिए । वरिष्ठ कलाकार हरिहर शर्मा त्यही थिए । शर्माको संगतबाट उनी रंगमञ्चमा लागिन् । त्यहाँ उनले करिब २५ वटा नाटक खेलिन् । जति खेलिन् प्रशंसनिय खेलिन्, प्रभावशाली खेलिन् । यसै क्रममा उनको मित्रता अर्का कलाकार जीवनसाथी बस्नेत संग भयो । मित्रता, घनिष्ठ मित्रतामा परिणत भयो । घनिष्ठ मित्रता, प्रेममा परिणत भयो । प्रेम, अन्ततः विवाहमा परिणत भयो । जीवनसाथी नाम भएका उनका साथी साँच्चिकै पो जीवनसाथी भै गए ।

उनले निर्देशन गरेको छोटो चलचित्र ‘भाँडो’ ‘टोरन्टो नेपाली फिल्म फेस्टिभल–२०११’ मा छनोट भयो । यिनको यात्रा यत्तिकै त कहाँ रोकिन मान्थ्यो र ! अन्तत उनले २०६९ मा ‘अन्तराल’ नामक चलचित्र मार्फत् फिचर चलचित्रमा डेब्यू गरिन् । यहीबाट हो उनको चर्चा चुलिन थालेको ।

दिपाको जीवनमा अनेकौ पटक अनेकौ मोडहरु आए । बिहेपछिको एकदिन उनका जीवनसाथी, जीवनसाथीले उनलाई सल्लाह दिए, ‘तिमीले चलचित्र क्षेत्रमा राम्रो गर्न सक्छ्यौ । चलचित्र पढ । त्यसमा पनि निर्देशन पढ ।’ सासु ससुराले पनि हौस्याए, ‘यु क्यान डु ईट’ । त्यसपछि योग शिक्षक भएर मासिक दुई लाखमा रुस जान टिकट पनि काटिसकेकी उनले दाँयाबाँया केही नसोची टिकट रद्द गरिन् र लागिन् चलचित्र निर्देशन पढ्न । यो थियो उनको जीवनको अर्को महत्वपूर्ण मोड । अध्ययन संगसंगै भिजुअल इडिटिङ पनि सिकिन् । केही बर्ष तराई टेलिभिजन र वातावरण पत्रकार समूहमा जागिर पनि खाइन् । विस्तारै म्युजिक भिडियोमा हात हालिन् । केही म्युजिक भिडियोहरु, केही डकुमेन्ट्रीहरु र केही छोटा चलचित्रहरु बनाइन् । उनले निर्देशन गरेको छोटो चलचित्र ‘भाँडो’ ‘टोरन्टो नेपाली फिल्म फेस्टिभल–२०११’ मा छनोट भयो । यिनको यात्रा यत्तिकै त कहाँ रोकिन मान्थ्यो र ! अन्तत उनले २०६९ मा ‘अन्तराल’ नामक चलचित्र मार्फत् फिचर चलचित्रमा डेब्यू गरिन् । यहीबाट हो उनको चर्चा चुलिन थालेको । सामाजिक विषयलाई उठाएको ‘अन्तराल’ ले पैसो त खासै कमाउन सकेन तर निर्देशक दिपाले पुग्ने गरी नाम कमाइन्, प्रशंसा कमाइन्, राम्रो चलचित्र बनाउन सक्छिन् है भन्ने विश्वास कमाइन् । इज्जत कमाइन्, माया कमाइन् । यि सबै कमाइहरुको अगाडि नाथे पैसा त के पो हो र ! यति सम्म कमाइन् कि यसै चलचित्रबाट उनले ‘सर्वोत्कृष्ठ चलचित्र निर्देशक राष्ट्रिय पुरस्कार–२०७०’ बाट सम्मानित नै भइन् । राष्ट्रपतिबाट पुरस्कार र सम्मान थापेको त्यो घटना उनको महत्वपूर्ण कमाई हो । भारतको उडिसा राज्यमा रहेको कलिगां इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी, विश्वविद्यालयबाट मानर्थ सदस्य उपाधि लगायत अन्य अनेकौ राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सम्मान र पुरस्कारहरु उनको महत्वपूर्ण सम्पत्तिका रुपमा उनको पोल्टामा आइपुगे । त्यही कमाईको प्रतिफल स्वरुप उनले २०७० मा अर्को चलचित्र बनाइन् ‘श्री ५ अम्बरे’ । यो चलचित्रले उनको परिचयलाई अझ ठुलो क्यानभासमा पोतिदियो । नाम मात्रै होइन यसबाट उनले दाम पनि कमाइन् । उत्पातै पैसा नकमाए पनि पहिले जस्तो घाटामा भने जानुपरेन । अहिले उनलाई नेपाली रजतपटमा राम्रा र गम्भिर चलचित्र बनाउने निर्देशकका रुपमा छुटाउन नहुने नामका रुपमा लिईन्छ । अहिले उनी अर्को चलचित्रको स्क्रिप्टमा व्यस्त छिन् । उनको निर्देशकिय भुमिकाले अझ धेरै र निरन्तर यात्रा गर्नेछ भन्ने कुरा त दिपा बस्नेतले लगभग लगभग पुष्टि गरिसकेकी छिन् । दिपा यो स्थानमा एक्कासी र फुत्त आएकी होइनन् । उनी प्रत्येक सिढीहरु होशियारपूर्वक र लगनपूर्वक उक्लिदै आएकी हुन् ।

***                 ***                 ***
deepa2
गायिका बन्ने सपनाको पोको बोकेर घरबाट समेत भागेर हिडेकी उनी कहिले योग शिक्षक बनिन्, कहिले प्राकृतिक चिकित्सक बनिन् त कहिले कलाकार बनिन् । आफू अहिलेसम्म कता कता हराएर बल्ल सही ठाउँमा आइपुगेको ठान्छिन् उनी । पछाडि फर्केर हेर्दा बुवाले त्यतिबेला जे गर्नु भयो राम्रै गर्नुभयो भन्ने ठान्छिन् । र बुवाले पनि छोरीले त्यतिबेला जे गरिन् राम्रै गरिन् भन्ने ठान्छन् । ‘जे हुन्छ राम्रैकै लागि हुन्छ’ भनेर त्यसै भनेका होइनन् विद्धानहरुले । उनको आज सम्मको जीवन यात्रा, संघर्ष, सफलता र व्यक्तित्व हेर्दा लाग्छ, धैर्यवान्, शालिन, अनुशासित, लगनशील, इमान्दार, दृढ, मेहेनती यि सबै शब्द उनका लागि लायक छन् । म यि सबै शब्दलाई समेटेर भन्छु उनी बोल्ड मान्छे हुन् । सफल मान्छे त उनी हुदै हुन्, त्यो भन्दा पनि बढी उनी असल मान्छे हुन् ।

***                 ***                 ***

विभिन्न क्षेत्रका अक्सर धेरै सफल महिलाहरु बिहेपछि हराउँछन् । तर उनी अपवाद भइन् । उनी उदाएको बिहेपछि त हो । अरु हराउँछन्, उनी उदाइन् । उनलाई भाग्यले हैन उनकै मेहेनतले साथ दिएको हो । तर भाग्यले कहाँनेर चाहि उनलाई साथ दिएकै हो भनेर मान्नुपर्छ भने उनले जीवनसाथी जस्तो जीवन साथी पाइन् । श्रीमान्, सासु–ससुराबाट पाएको ठूलो साथ र सहयोग नै त हो उनलाई निरन्तर र कठिन मेहेनतका लागि उर्जाशिल बनाउने र बनाइरहने । उनको अन्र्तवार्ता लिने क्रममा, उनको बारेमा लेख्ने क्रममा लगभग सबै पत्रकारले उनलाई महिला निर्देशक भनेर चित्रित गर्छन्, उनलाई चित्त बुझ्दैन, मुसुक्क हाँस्छिन् र भन्छिन्, ‘निर्देशकको कुनै जेन्डर हुदैन । निर्देशक निर्देशक मात्र हुन्छ ।’ (हुन पनि हो नि । पुरुषअहम् मानसकिताबाट हामी कहिले मुक्त होलाऔ खै ! हरे ! सम्झदा पनि उदेक लाग्छ । पद त पद मात्र न हो । पदमा पनि लिङ्ग हुन्छ र भन्या?) उनी जति आफ्नो काममा दक्ष र सक्षम छिन् त्यति नै शालिन र बौद्धिक पनि छिन् । उत्तिकै सकारात्मक पनि । उनीसंग मैले जति पटक भेटेको छु, बोलेको छु, अत्यन्तै सकारात्मक र उर्जाशिलपाएको छु ।उनीसंगको अन्र्तक्रियामा म जहिले पनि चाज्र्ड हुन्छु, भइरहेको छु । आखिर सफलताको हकदार हुने यस्तै मान्छेहरु मात्र त हुन् नि ।‘आजसम्मकोसफलताको राज के हो त दिदि?’भनेर सोधेको थिए मैले । ‘म मूर्तिवाला भगवानलाई भन्दा पनि मेरो कामलाई पूजा गर्ने मान्छे हुँ । म हरेक काम गर्दा आनन्द महसुस गर्छु, चाहे त्यो घरधन्दाको काम होस् वा चलचित्र निर्देशनको काम होस् । म कुनै पनि कामलाई ठुलो सानो भन्दिन । मलाई कूनै पनि काम संग डर लाग्दैन ।’ ठ्याक्कै यही जवाफ पाएको थिँए मैले । हो नि, नत्र जुन क्षेत्रमा हात हाल्यो त्यही क्षेत्रमा कसरी सफल हुन्छ रमान्छे?‘त्यस्ती सानी बच्ची भित्र पारिवारिक विद्रोह गर्ने सम्मको चेत कहाँबाट आयो दिदि?’ मैले उनका सामुन्ने अर्को प्रश्न खसालेको थिए । उनी अलि गम्भिर बनिन् र भनिन्, ‘मेरी आमाको कारण । मेरी आमाले सधै भन्नुहुन्थ्यो, छोरी यो समाजले छोरी भनेर हेप्छ, त्यसैले केही न केही गरेर देखाउनुपर्छ । तिमी समस्यासंग भिड्न सिक्नुपर्छ, भाग्न हैन ।’ आमाको यही वचनले म भित्र समस्यासंग खेल्ने र जोखिम उठाउने शक्ति आएको हो ।’

***                 ***                 ***

dpa

आजको समयकी चर्चित र सफल चलचित्र निर्देशक दिपा बस्नेत देवदहकी छोरी हुन् । आज देवदहको भूमिले एउटा शसक्तचलचित्रनिर्देशक पाएको छ, यो भन्दा खुसीको कुरा अरु के हुन सक्छ । तर पुरा देशले उनलाई जति चिनेको छ त्यतिदेवदहले चिन्न सकेको देखिदैन, यो भन्दादुःखको कुरा अरु के हुन सक्छ । उनी देवदहकी अमूल्य निधि हुन् । देवदह रत्न हुन् उनी । उनको उमेर, सोच, दक्षता, दृढता र लगनशीलता हेर्दा सहजै थाहा लाग्छ, उनको यात्रा अझ धेरै, धेरै …….. अगाडि जानेवाला छ । वेस्ट अफ लक दिदि । तपाईलाई देवदहले जति सम्झनुपर्ने हो त्यति नसम्झे पनि बिर्सेको चाहि छैन है । करिब १४÷१५ बर्ष अघिको त्यो फुच्चे भाई मात्र होइन आज सम्पूर्ण देवदहबासीहरु तपाईको धेरै लामो, उचो र असल यात्राको कामना गरिरहेछौ । गो अहेड दिदि । वि आर विथ यू ।
यतिबेलासम्म एउटा कुरा मैले भन्नै भुलेछु, जाँदाजाँदै भनिहालुम्, उनी माइती गाउँको लागि केही गर्न चाहन्छिन् । हेर्न बाँकीछ यिनको माइती गाउँले यिनको चाहना र भावनालाई कसरी उपयोग गर्दोरहेछ । कसरी सहयात्रा गर्दो रहेछ ।

दिपा बस्नेतद्धारा निर्देशित अन्तराल चलचित्र हेनुहोस् :-

( यस अनलाईनमा प्रकाशित सामाग्रि अनुमतिबिना प्रकाशन वा प्रशारण नगर्नुहुन अनुरोध गर्दछौ  –सम्पादक)

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण