गृहपृष्ठ » देवदह विशेषजागरुक वैदेशिक लगानी तथा बचत कोष, यूएईको साधारण सभा सम्पन्न

जागरुक वैदेशिक लगानी तथा बचत कोष, यूएईको साधारण सभा सम्पन्न

April 27, 2016३२० पटक

यूएई संवाददाता
यूएई– जागरुक वैदेशिक लगानी तथा बचत कोष, यूएईको प्रथम साधारण सभाले प्रमिल खरालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । २२ अप्रिल, शुक्रबार, दुबईको एभरेस्ट इन्टरनेसनल होटलमा आयोजित साधारणसभाले कोषको आर्थिक क्रियाकलाप सार्वजनिक गर्नुका साथै भावी योजनाबारे पनि आफ्ना सेयर सदस्यहरुलाई जानकारी गराएको छ ।
कोषको विधान समेत औपचारिक रुपमा पास गरिएको यस सभाले उपाध्यक्षमा देवराज पाठक, सचिवमा रमेश शिवाकोटी, सहसचिव किशोर सुब्बा लिम्बू, कोषाध्यक्षमा टेकनाथ अधिकारी, सहकोषाध्यक्षमा हर्कदेव गुरुङलाई सर्वसम्मत कार्यसमितिमा चयन गरेको छ । कार्यसमितिका अन्य सदस्यहरुमा लिलाबहादुर सिंजाली, मीनबहादुर मगर, रोशन दाहाल, खेम संग्रौला, अमृत गुरुङ, सोनुमाया सोङ्पाङ र रतिस श्रेष्ठ रहेका छन् । हेमन्त पौडेलको संयोजक तथा कुलमणि खरेल, जीवन कोइराला रहेको निर्वाचन समितिले कोषको कार्यसमिति चयन गरेको हो ।

1
संस्थाका अध्यक्ष प्रमिल खरालको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा सहकारी महासंघ, यूएईका संयोजक कृष्ण पौडेल प्रमुख अतिथिका रुपमा उपस्थित थिए । प्रमुख अतिथि पौडेलले उज्जवल भविष्यका लागि आजैदेखि बचत गर्ने बानीको विकास गर्नुपर्ने औल्याउँदै यूएईका सबै नेपाली बचत समूहहरु एकताबद्ध भएर अगाडि बड्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा झापाली समाजका प्रमुख सल्लाहकार हेमन्त पौडेल विशेष अतिथिका रुपमा निम्त्याइएका थिए । पत्रकार महासंघ, यूएईका अध्यक्ष त्रिलोचन कोइराला, लुम्बिनी वैदेशिक बचत कोषका गोपाल पन्थ अतिथिका रुपमा उपस्थित भएर जागरुक समूहको बचत अभियानलाई शुभकामना दिएका थिए ।

‘आजको बचत, भोलिको आधार’ भन्ने मूल मान्यता लिएर मासिक ५० दिराम जम्मा गर्दै जन्मिएको यो कोषमा अहिले एक लाख चालीस हजार दिराम अर्थात करिब ६० लाख रुपैयाँ सञ्चय भएको छ । २०७१ साल चैत १५ गते गुल्मीका प्रमिल खराल, झापाका टेकनाथ अघिकारी र मोरङका रमेश शिवाकोटीले स्थापना गरेको उक्त कोषमा अहिलेसम्ममा १ सय ५ जनाले मासिक रुपमा बचत गरिरहेका छन् । आफ्ना सदस्यहरुको आर्थिक विकासलाई महत्व दिँदै स्थापना गरिएको यो कोषले सामाजिक क्षेत्रमा पनि पाइला चालिरहेको छ ।
कार्यक्रममा कोषका कोषाध्यक्ष टेकनाथ अधिकारीले करिब १ लाख चालीस हजार दिराम्सको आर्थिक आयको प्रतिवेदन पेस गरेका थिए भने अध्यक्ष प्रमिल खरालले संस्थाले गरेका सम्पूर्ण क्रियाकलापहरुलाई प्रगति प्रतिवेदनका रुपमा प्रस्तुत गरेका थिए । तीन जनाले नियमित बचत गरी सुरु गरेको यो कोषमा अहिले २५ जना संस्थापक सदस्य छन भने १०५ जनाले मासिक १ सय दिरामका दरले बचत गरिरहेको बताइएको छ । सेयर निष्कासन गरिएका कारण यो वचत अभियानमा सहभागी बन्न यूएईमा कार्यरत सर्बसाधारण नेपालीलाई कोषले आह्वान पनि गरेको छ ।
कोषले झापाको शिवसताक्षी नगरपालिकामा डेढ बिघा जग्गा खरिदका लागि प्रक्रिया अगाडि बडाइसकेको कोषाध्यक्ष अधिकारीले बताएका छन् भने बचत भएको रकमलाई नेपालमै उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगार सिर्जना गर्ने कोषको योजना रहेको छ ।

2मासिक रुपमा थोरैथोरै बचत गर्दै गठन भएको यो कोषको प्रथम साधारणसभा निकै मनोरन्जनात्मक भएको थियो । गीत, कविता तथा नृत्यहरुका कारण आर्थिक कार्यक्रम पनि रमझमपूर्ण देखिन्थ्यो । गायक गोप्स खतिवडा, पारस लामा, किशोर सुब्बा लिम्बू, निलाम्बर भट्राईले रोचक गीतहरु गाएर कार्यक्रममा सहभागीहरुलाई मनोरन्जनात्कम बनाएका थिए । सुस्मिता श्रेष्ठले कलात्मक नृत्य प्रस्तुत गरेर हलको वातावरण तताएकी थिइन् । कविता तथा गजलका प्रस्तुतिहरुले आर्थिक कार्यक्रम पनि एकाएक साहित्यमय भएको थियो । शान्ता नेम्वाङ, लिलाबहादुर सिंजाली, इन्द्र भण्डारीले आआफ्ना साहित्यिक रचना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाको गतिविधिमा सक्रियतापूर्वक काम गरेको मूल्यांकन गर्दै खगराज एन्ड देवराज कम्पनीका निर्देशक देवराज पाठक, फजर अल मदिनाका निर्देशक कुलमणि खरेल र कोषाध्यक्ष टेकनाथ अधिकारीलाई सम्मान गरिएको थियो ।
फजर अल मदिनाका निर्देशक कुलमणि खरेल, खगराज एन्ड देवराज कम्पनीका निर्देशक देवराज पाठकले कार्यक्रममा विशेष सहयोग गरेका थिए । कार्यक्रममा सहय ोग गर्ने सबैलाई आयोजकको तर्फबाट धन्यवाद प्रकट गरिएको थियो । बचत गर्ने बाटो देखाउने कोषको यो अभियान यूएईमै नमूना भएको विशेष अतिथिका रुपमा निम्त्याइएका हेमन्त पौडेलले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण