गृहपृष्ठ » अार्थिकप्युठान जिल्लाको पर्यटन प्रर्वद्धन गर्न पैदल यात्रा

प्युठान जिल्लाको पर्यटन प्रर्वद्धन गर्न पैदल यात्रा

April 27, 2016९४ पटक

९ वहिनी कोठीभिर स्याउलीवाङको पैदलयात्रा शुरु

उज्यालो सवांददाता, वैशाख १५ प्युठान
प्युठान जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले पर्यटकीय तथा धार्मिक स्थल ९ वहिनी कोठीभिर स्याउलीवाङको आज देखि एक टोलीले पैदलयात्रा शुरु गरेको छ ।
पहिलो चरणमा प्युठानको उत्तरी गाविस स्याउलीवाङमा रहेको नौ वहिनी कोठीभिरबाट पर्यटन पैदल यात्रा शुरु गरिएको यात्रामा सहभागी रेडियो कृपालुका स्टेशन म्यानेजर विजयसिंह भारतीले बताउनु भयो । स्याउलीवाङको ठुला गाउबाट शुरु भएको पैदल यात्रामा रेडियो लिस्ने आवाजका स्टेशन म्यानेजर नोमराज पौडेल , स्वर्गद्धारी टेलिभिजनका अध्यक्ष विनोद भण्डारी रेडियो कृपालुका स्टेशन म्यानेजर विजयसिह भारती स्थानिय कोठीभिर युवाक्लवका अध्यक्ष पुर्ण बुढामगर सचिव एलपी सेशचन ,स्थानीय समाजसेवी जिमा बुढा , लक्ष्मी परियार , भलिबल खेलाडी कमला शाही लगायतको सहभागीता रहेको छ ।
नौ वहिनी कोठिभिर पर्यटन यात्रा २०७३ नाम दिइएको यो अभियान सकेपछि टोलीले त्यस क्षेत्रको अध्यन तथा अवलोकन गरी पैदल यात्रा टुर प्याकेज तयार गर्ने यात्रामा सहभागी रेडियो लिस्ने आवाजका स्टेशनका नोमराज पौडेलले जानकारी दिनु भयो । कोठी भिर युवाक्लवको व्यवस्थापनमा सुरु भएको यो यात्राको क्रममा त्यस क्षेत्रको पर्यटन प्रर्वद्धनका लागी स्थानीय अगुवाहरु संग अन्र्तक्रिया समेत गरिनेछ । ३ हजार ६ सय मिटर उचाईमा रहेको कोठी भिरमा पुग्नका लागी यो समयमा अक्सीजनको कमी हुने भनिए पनि जसरी पनी त्यहा पुग्ने टोलीको लक्ष्य छ ।।
प्युठानको सबै भन्दा उच्च स्थानमा रहेको उक्त स्थानमा अहिले वनभरी ढकमक्का लाली गुराँस फुलेकालो वातावरण अझ रमणीय बनेको सहभागीहरुले बताएका छन । धार्मिक आस्थाको केन्द्र बिन्दु समेत रहेको नौ वहिनीमा स्थानीयले पुजाआजा समेत गर्दै आएका छन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण