गृहपृष्ठ » भिडियो, मनोरञ्जनतिमि मेरो धड्कन भन्दै आए आर के खत्री र सोभा अधिकारी

तिमि मेरो धड्कन भन्दै आए आर के खत्री र सोभा अधिकारी

April 28, 2016४५७ पटक

अहिले को आधुनिक परिवेश मा एउटा गीत निकालेर मात्र गायक-गायिका ले राम्रो स्थान पाउछ भन्ने अवस्था हटिसकेको छ । गीत रेकर्ड गरिसके पछि त्यस्को भिडियो बनाउने प्रचलन पनि अनिबार्य जस्तो भइसकेको छ ।

यसै क्रम मा चर्चाको सिखर चुम्दै गरेका पप गायक आर के खत्री र नव गायिका शोभा अधिकारी को युगल आवाज मा रहेको “तिमी मेरो धड्कन” बोल को गीत को म्युजिक भिडियो सार्बजनिक भएको छ । पुर्वको रमणीय स्थान, सप्तकोसी तथा काठमाडौ का दृश्य हरु कैद गरिएको छ । डि थ्री प्रोडक्सन नेपाल बाट निर्माण भएको उक्त भिडियोमा नव निर्देशक सुवास संकल्प को निर्देसन, सोम मग्राती को श्रृङ्गार तथा भुपेन्द्र तुम्बाहाम्फे को छायांकन रहेको छ । भिडियोको रोमन्टिक दृश्य हरुमा कलाकार राजबाबु बिसि र सोनु धिमाल लाई देख्न सकिन्छ । गीतमा गायिका सोभा अधिकारी कै सब्द रहेको छ भने एरेन्ज रिकेश गुरुङ को रहेको छ । गायक गायिका दुबैको कम्पोज रहेको उक्त अडियो गीत लाई रियल टाईम नेपालले बजार मा ल्याएको हो । भिडियोलाई बैशाख १ गते नै सार्बजनिक कार्यक्रम गरि बिमोचन गरिए पनि युटुब मार्फत भने भर्खरै मात्र डि थ्री कै युटुब च्यानल बाट सार्बजनिक गरिएको हो ।

http://www.youtube.com/watch?v=53l7Gstv3hY&authuser=0

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण