गृहपृष्ठ » अार्थिक, समचारबारा जिल्लाका सहकारीकर्मी र सिवाईसी साकोस विच अन्तरकृया कार्यक्रम सम्पन्न

बारा जिल्लाका सहकारीकर्मी र सिवाईसी साकोस विच अन्तरकृया कार्यक्रम सम्पन्न

April 28, 2016९६ पटक

सुमन जि.सी.
बागलुङ,  बैशाख १६ बारा जिल्लाका सहकारी संघ÷संस्थाका सञ्चालक समिति, उपसमिति, सल्लाहाकार , कर्मचारीहरु र सिवाईसी साकोस बागलुङ विच बुधवार वागलुङ बजारमा अन्तरक्रिया तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरकृया कार्यक्रममा वोल्दै प्रमुख अतिथी नफ्स्कुनका सञ्चालक सदस्य तथा जिल्ला सहकारी समन्वय सञ्जाल बाराका अध्यक्ष कृष्णप्रसाद पौडेलले नेपालको आर्थिक, सामाजिक तथा सास्कृतीक विकासमा सहकारीहरुले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनु भयो । पौडेलले सरकारले देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको भुमीका वढाउदै लैजान सकेमा मात्र देश विकास सम्भव रहेको बताउनु भयो ।
डिभिजन सहकारी कार्यालय वाराको संयोजक्तवमा आएको टोलीको प्रतिनिधित्व गर्दे अध्ययन अवलोकन भ्रमणको अपेक्षा तथा बारा जिल्लाको सहकारी अभियानको वारेमा डिभिजन सहकारी कार्यालय वाराका सहकारी अधिकृत कुलोत्तमा पोखरेलले जानकारी गराउनु भएको थियो भने समग्र वागलुङ जिल्लाको सहकारी अभियान र सिवाईसी साकोसको वारेमा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराउनु भएको थियो ।
सिवाईसी साकोसका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कोषाध्यक्ष संगिता शर्मा पौडेलले गर्नुभएको थियो भने समापन ऐक्सेस कार्यदल सदस्य सीता शर्माले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण