गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचारडा.तरुण पौडेल चिकित्सा कोषबाट ७ डा.सम्मानित

डा.तरुण पौडेल चिकित्सा कोषबाट ७ डा.सम्मानित

April 28, 2016१९५ पटक

उज्यालो लाल्टिन
बागलुङ्ग, १६ बैशाख । डा. तरुण पौडेल चिकित्सा कोषबाट डा. राधव प्रसाद धिताल र उहांकी धर्मपत्नि डा. जनक कुमारी धिताल सम्मानित हुनुभएको छ । कोषको तेस्रो बार्षिकी एबं सम्मान समारोहका बिच डा. धिताल दम्पति सहित स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने ७ जनालाई सम्मान एबं पुरस्कृत गरिएको छ ।
पुरस्कृत हुनेमा बागलुङ्ग पैयुपाटाका समाजसेवी हेमराज शर्मा पौडेल, पारामेडिकल तर्फ कार्यरत स्वास्थ्यकर्मी धौलागिरी अंचल अस्पतालका जनस्वास्थ्य निरिक्षक राम प्रसाद खनाल, मुस्ताङ्गका जनस्वास्थ्य निरिक्षक यकराज बस्नेत, पर्वत हुवास स्वास्थ्य कार्यालयका अनमी बिष्णु कुमारी क्षेत्रि र म्याग्दीका मिना राम्जालीलाई डा. चिकित्सा कोषबाट पुरस्कृत गरिएको छ । सम्मानित एबं पुरस्कृत सबैलाई बागलुङ्ग क्षेत्र नम्वर १ का सांसद चम्फा देबी खड्का र कोषका संरक्षक डा. पौडेलले नगद सहित सम्मान पत्र र दोशल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै सांसद चम्फा देबी खड्काले स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउनु भयो । उहांले डा. पौडेलद्धारा स्थापना गरिएको कोषले स्वास्थ्यकर्मीको मनोबल बढाउने चर्चा गर्दै कोषलाई संरक्षण र बृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी सम्मानित ब्याक्तित्व डा. धितालले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनका लागि त्यहां कार्यरत चिकित्सक एबं स्वास्थ्यकर्मीको महत्वपुर्ण भुमिका रहने बताउनु भयो । करिब ४० बर्ष अगाडी बागलुङ्ग अस्पतालमा सेवा प्रदान गर्नु भएका डा. धितालले आफुले स्वास्थ्य क्षेत्रमा गरेको योगदानको कदर स्वरुप सम्मानित हुदा खुसी लागेको बताउनु भयो । कोषले सम्मान स्वरुप प्रदान गरेको नगदमा अझ दोब्बर थप गरी डा. तरुण पौडेल कोषको बिकासको लागि भन्दै कोषका संस्थापक काजिरोषनलाई हस्तान्त्रण समेत गर्नुभएको थियो ।
कार्यक्रममा सम्मानित ब्याक्तित्व डा. जनक कुमारी धिताल,धौलागिरी अंचल अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सागर कुमार राजभण्डारी,नेपाल ह्दय रोग प्रतिष्ठान बागलुङ्गका अध्यक्ष जगदिशचन्द्र उपाध्याय, डा. सविता पौडेल, पुरस्कृत ब्याक्तित्व धौलागिरी अंचल अस्पतालका जनस्वास्थ्य निरिक्षक राम प्रसाद खनाल, र पर्वतमा कार्यरत स्वास्थ्यकर्मी एबं पुरस्कृत बिष्णु कुमारी क्षेत्रि र समाजसेवी देब बहादुर श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम प्रज्वल जनसेवा श्री का अध्यक्ष काजिरोशनको अध्यक्षता, सदस्य श्याम श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण