गृहपृष्ठ » खेलकुदआठौ राष्ट्रपति रनिङ शिल्डको छनौट प्रतियोगीता स¥यो

आठौ राष्ट्रपति रनिङ शिल्डको छनौट प्रतियोगीता स¥यो

April 28, 2016१८० पटक

बेगम महरा दाङ, वैशाख १६ । आठौ राष्ट्रपति रनिङ शिल्डको मध्यपश्चिम स्तरिय छनौट प्रतियोगीता सरेको छ । यही वैशाख १८, १९ र २० गते नेपालगञ्जमा हुन गइरहेको छनौट प्रतियोगीता केही जिल्लामा प्रतियोगिता हुन बाँकी रहेकाले आगामी जेठ १, २ र ३ गतेका लागि प्रतियोगीता सारिएको हो।
जिल्ला खेलकुद विकास समिति दाङको आज बिहिवार बसेको बैठकले क्षेत्रीय खेलकुद विकास समितिले गरेको निर्णयबारे जिल्लामा जानकारी गराउने निर्णय गरेको समितिका कोषाध्यक्ष कैलाश रोकामगरले जानकारी दिनुभयो । समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । उक्त क्षेत्रिय छनौट प्रतियोगिताका लागि दाङ जिल्लाबाट विभिन्न खेलमा ८६ वटा विद्यार्थी खेलाडीहरु छनौट भएका छन् । यसैबिच समितिले आगामी जेठ १, २ र ३ गते हुने प्रतियोगीताको तयारी गर्न समेत सबै जिल्लाका खेलाडीहरुलाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण