गृहपृष्ठ » मुख्य समाचार, समचारजुम्लामा फेरि ४ राउन्ड गोली चल्यो

जुम्लामा फेरि ४ राउन्ड गोली चल्यो

August 11, 2015२६५ पटक

निर्माण व्यवसायीका अध्यक्ष घाइते

जुम्ला, श्रावण २६ – अखण्ड कर्णाली माग्दै जुम्लामा भइरहेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष राजबहादुर महत घाइते भएका छन् । उनको पाखुरामा गोली लागेको छ । गोली लागि उनी घाइते भएका छन् ।

बिहान १४ राउन्ड हवाई फायर गरेको प्रहरीले मध्यान्ह ४ राउन्ड गोली चलाएको हो । क्षतिपूर्तिसहितको अखण्ड कर्णालीको माग गर्दै प्रदर्शनकारीले नेपाली कांग्रेस, एमाले, एमाओवादी र नेकपा–माओवादीका पार्टी कार्यालय तोडफोड गरेका छन् । बिहान कांग्रेस कार्यालय तोडफोड गर्न लागेपछि प्रहरीले हवाई फायर गरेको थियो ।

अहिले जिल्ला प्रशासन कार्यालय प्रदर्शनकारीले घेराउ गरेर राखेका छन् भने पूरै बजार बन्द छ । मूख्य बजारमा नै केहीअघि प्रहरीले गोली चलाएको हो ।

आन्दोलनको पहिलो दिन कांग्रेसले नेतृत्व गरेको थियो, दोस्रो दिन नेकपा एमालेले गरेको थियो भने तेस्रो दिन आज एमाओवादीले आन्दोलनको नेतृत्व गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण