गृहपृष्ठ » बिचार/ब्लग, विशेषविदेशमा नेपाली नारीको साहशिक काम

विदेशमा नेपाली नारीको साहशिक काम

April 28, 2016५०८ पटक
Sabitri

सावित्री गिरी

सावित्री गिरी
युएई । बिहान सबेरै उठ्नु नुहाइधुवाइ सकेर अटाई नअटाई कोटपाइट भिरेर ६ बजे काममा निस्कनु र सारा दिन १२ घन्टाको पट्यार लाग्दो डिउटि सकेर साज मोबाइलमा गीत सुन्दै र गीत सगै गुनगुनाउदै २०-२५ मिनेट पैदल हिडेर बासस्थानमा फर्किनु मेरो दैनिकी भएकोछ बिगत ३ बर्ष देखि युएईमा । त्यसो त कम्पनीको यातायात सुबिधा नभएको भने होईन मलाई हिड्ने गर्दा आफुलाइ छुट्टै आनन्दको अनुभूति मिल्छ ।
सदा झै आज पनि डिउटि सकेर फर्किदै थिए, अप्रिल महिना सकिन लाग्दा समेत मरुभूमिमा प्रचण्ड गर्मी रापले पोल्नुपर्ने हो तर मौसम बिल्कुलै त्यस्तो छैन आज !  सिरिरि चिसो बतास चलिरहेको छ। क्षितिजमा घाम डुब्न् लाग्दाको मनमोहक दृश्य, छर्लङ्ग खुलेको आकाशलाइ सडकमा उभिएका गगनचुम्बी भवनहरुले साउती मार्दै अङ्कमाल गरिरहेका हुन् कि ? जस्तो भान हुन्थ्यो । त्यसै माथि सडक किनारमा फुलेका सदावाहर फुलको महकलाइ छोएर बहेको चिसो हावाको झोक्काले मेरो सोचमा सुगन्ध भरिदिएको थियो । त्यसैले त मेरो गन्तव्य बदलियो अर्थात यात्रा लम्ब्याउन चाहे मेरा पाइला भित्री सडक हुँदै सपिङ मल तिर मोडिए।बाटोमा आवाशका लागि बनाइएका दुईतले सुन्दर घरहरू अगाडि फुलहरु रोपिएको, बिचबीचमा सेतै फुलेका निमका बोटहरु र तिन्ले छरेको मगमग बास्नाले गन्तव्य आएको पत्तै भएनछ। युएईको राजधानी शहरमा रहेको अबुदाबी बसपार्क सगै रहेको अलवादा मल जहाँबाट सामान्य किनमेल गरेर फर्किने बिचारमा थिए ।

किनमेल सकेर लुलु हाइपर मार्केटको काउन्टरको विल तिर्ने लाइनमा उभिए अनि बिल तिरे सपिङ व्याग सकिनसकी दुबै हातमा झुन्डियाएर भिड छिचोल्दै टयाक्सी स्टप तिर सोजिए, भित्रबाट महिला चालकको आवाज आयो पिलिज मेडम फास्ट !

नजिकै पुग्दा एउटा सुन्दर दृश्यले मन तान्यो, नेपालमा जस्तै ढुङ्गाको छ्पनी बिछ्याइएको दुबैतिर लटरम्म फलेको कागतीको र बाबरिको बोट, बिचबिचमा रङ्गी-बिरङ्गी फुल,ढकमक्क फुलेको सयपत्रि, एकछिन त आफू आफ्नै सुन्दर शहर पोखराको गल्लिमा छु कि रु जस्तो लाग्यो । अनि ढुङ्गामाथी थचक्क बसे। यो दृश्यलाई समेटेर सेल्फी लिन खोजे तर मेरो फिस्स थाकेको उराठ लाग्दो मलिन अनुहार मात्र आयो । कुन चाहिँ नेपाली नारिको अनुहार उज्यालो होलाररु यो प्रदेशमा परिवार, छोराछोरी, आफन्तहरु बाट टाढा बस्न बाध्य हुन पर्दा सम्झना र तिर्सना त कति हो कतिरुरु तर अहिले भने मेरो ध्यान फोटो लिइदिने मान्छेको खोजिमा थियो । अचानक त्यही फुलको रेखदेख र मलजल गर्न खटिएका फिलिपिनि जस्तो देखिने युवक पानी हाल्दै आइपुगे, मैले फोटो लिन आग्रह गर्दै मोबाइल तेर्साए । फोटो लिइसकेसी धन्यवाद दिदै ( होएर आर यु फ्रम?) भनेर सोधे नेपाल भनेर मलिन स्वरमा उत्तर आयो मलाई नमजा लाग्यो नत उनी मैले भाइ भनेर बोलाउने जस्ता देखिएका थिए। न त म नै उन्ले दिदी भन्ने जस्ती देखिन्थे । न नाकमा फुलि न निधारमा त टीका न सारी चोलिमा थिए, कोटठ (पाइन्टमा ठाट्एकि थिए, युनिफर्मको ! साँझ झमक्क परिसकेको थियो ती भाइलाई धन्यवाद दिदै सपिङ मल भित्र छिरे ।

किनमेल सकेर लुलु हाइपर मार्केटको काउन्टरको विल तिर्ने लाइनमा उभिए अनि बिल तिरे सपिङ व्याग सकिनसकी दुबै हातमा झुन्डियाएर भिड छिचोल्दै टयाक्सी स्टप तिर सोजिए त्यहाँ पनि लाइनमा उभिए केहीबेरमा मेरो पालो आयो, म भने ठुलो फेमिली टयाक्सी देखेर भाडा बढी लाग्ने पो होकि भनेर अन्कनाउदै थिए, भित्रबाट महिला चालकको आवाज आयो पिलिज मेडम फास्ट ! झोला सिटमा फालेर टयाक्सि भित्र छिरे । ती महिला चालकले झ्यालबाट हेर्दे ट्रलि मिलाउन खटिएका युवकहरुलाइ के छ भाइ आराम छौ तिमिहरु रु भन्दै गाडी हुइक्याइन ,म छागाबाट खसे जस्तै भए । नेपाली बहिनी पो रु हजुर कता जानी भनिन् मैले नेपालि दूतावास नजिकै भने गाडि उतैतिर मोडिन, म भने नेपाली महिला चालक्ले हाकेको गाडी चडन पाउदा गर्वले छाती फुलाउदै कुराकानी गर्दै थिए।

नेपाली महिलाहरुले अबसर पाए भने स्वदेशमा मात्र नभएर विदेशमा पनि  साहशिक काम गर्न सक्छन् ! भन्ने उदाहरण बन्नपर्छ करुणा बहिनी ।

अरु पनी दिदी-बहिनिहरु हुनुहुन्छ किरु उन्ले आफ्नो जान्कारिमा नभएको सायद म नै होला भन्नी कुरा गरिन झापा घर भएकि करुणा राई अधिकारि थरका श्रीमान र यहि जन्मिएकी ६/७ महिनाकी छोरी सग बिगत २१ महिना देखि बस्दै आएको बताइन । मैले तपाई त मिडियामा आउनु पर्ने महिला पो हुनुहुदो रहिछ नेपाली महिला त्यो पनि युएईको यति ठुलो लेन्थमा सार्वजनिक गाडी हाकेर हिन्नु चानेचुने कुरा होइन यो त हामी नेपाली ले गर्व गर्नु पर्ने कुरा होनिरु उन्ले दुखेसो पोखदै भनिन खाडीमा अबैधानिक रुपमा आएर दुख पाएका महिला हरुको १/२ वटा नराम्रो घटनालाई पार्थमिकता दिएर छपिन्छ। दिदी तपाईं हाम्रो बारेमा कस्ले लेख्छन् र रुभन्दै आउने बेलामा आफू महिला भएको कारणले युएई को डाइभिङ भिसा कसरी आयो हैन होला भनेर श्रम गर्न जादा सहयोग त कहाँ खा सास्ती खेप्न परेको गुनासो सुनाइन् । यतिकैमा मेरो रुम आइपुग्यो फोन नम्बर लिएर आशिर्वाद दिदै बिदा भए ।

नेपाली महिलाहरुले अबसर पाए भने स्वदेशमा मात्र नभएर विदेशमा पनि  साहशिक काम गर्न सक्छन् ! भन्ने उदाहरण बन्नपर्छ करुणा बहिनी । खाडिमा बैधानिक तरिकाले वैदेशिक रोजगारिमा जाने महिलाहरुको उदाहरणीय कार्य गर्ने महिलाको बारेमा समाचार, अन्तरबार्ता छपाई घर परिवार,समाज बाट शोषित ,पीडित अपहेलित महिलाहरुलाइ दयाको पात्र भएर बाच्न बाध्य गराउन भन्दा आफनै खुट्टामा उभिएर आफ्नो परिवार ,छोराछोरीको भबिस्य साथै देशको रेमिटेन्स सहयोग पुर्याउनका लागि मनोबल बडाउने किरु मिडियाकर्मी तथा पत्रकार महासयहरुको ध्यानाकार्षण गराउन चाहान्छु।

( यस अनलाईनमा प्रकाशित सामाग्रि अनुमतिबिना प्रकाशन वा प्रशारण नगर्नुहुन अनुरोध गर्दछौ  –सम्पादक) 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण