गृहपृष्ठ » खेलकुदनेपालगन्ज गोल्डकप फुटवल प्रतियोगिता शुरु

नेपालगन्ज गोल्डकप फुटवल प्रतियोगिता शुरु

April 29, 2016१७३ पटक

उद्घाटन खेलमा नेपालगन्ज ११ पराजित

नेपालगन्जमा विहिवारदेखि यति सिमेन्ट नेपालगन्ज गोल्डकप फुटवल प्रतियोगिता शुरु भएको छ । उद्घाटन खेलमा नेपालगन्ज ११ लाई सुदूरपश्चिम ११ ले ट्राइवेकरमा ५–४ गोलअन्तरले पराजित छ । खेल शुरुवात भएको दोस्रो मिनेटमै सुदूरपश्चिका तर्फबाट राकेश हमालले गोल गरी खेललाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेट भित्रै फेरी सुदूरपश्चिमकै तर्फबाट विनोद केसीले गोल गरी टिमलाई २ शुन्यको अग्रता दिएलाएका थिए ।

पहिलो हाफकै २५ औँ मिनेटमा नेपालगन्जका विभुषण केसीले गोल गरी खेललाई दुई एकको अग्रतामा झारेका थिए । पहिलो हाफमा दुई एकले पछि परेको नेपालगन्जका लागि खेलको इन्जुरी समयमा नेपागन्ज्का चुडामणि चौधरीले गोल गरी खेललाई दुई–दुईको वरावरीमा ल्याएका थिए । त्यसपछि थपिएको १५ औँ मिनेटमा दुबै तर्फबाट गोल नभएपछि खेलको निर्णय ट्राइव्रेकरबाट लिएको थियो । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले रेफ्रीलाई फुटवल हस्तान्तरण गरेर उद्घाटन गरे ।

३५ वर्षपछि संचालन भएको प्रतियोगितामा नेपालगन्ज ११, सुदूरपश्चिम, त्रिभुवन आर्मी, रुपन्देही ११, सरस्वती, वेष्ट काठमाडौँ एफ.सी., ए.पी.एफ. र भारतको लखनउ गरी ८ वटा टीमको सहभागिता रहेको छ । त्रिभुवनआर्मी क्लव, सरस्वती क्लव र ए.पी.एफ.ए डिभिजनका टीम हुन । उक्त प्रतियोगितामा विजेता टीमलाई १ लाख ५१ हजार, उपविजेता टीमलाई १ लाख पुरस्कार राखिएको छ । प्रत्येक दिन म्यान अफ द म्याच हुनेलाई एउटा आकर्षक मोबाइल राखिएको छ ।

 

प्रतियोगितामा प्रत्येक विधामा उत्कृष्ट हुनेलाई १५ हजार रुपैया दिइने आयोजकले बताएका छन् । लामो समयपछि नेपालगञ्जमा ए डिभिजन स्तरको क्लवको सहभागितामा फुटबल हुन थालेकाले नेपालगन्जबासी र खेल प्रेमीहरु निक्कै उत्साहित भएका छन । प्रतियोगितामा शुक्रवार नेपाल आर्मी र रुपन्देही ११ विच खेल हुनेछ ।प्रतियोगिता सम्पन्न गर्न कम्तिमा ३५ लाख खर्चको अनुमान आयोजकले गरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण