गृहपृष्ठ » समचारनवलपरासीमा मोटरसाईकल दुर्घटना एकको ज्यान गयो

नवलपरासीमा मोटरसाईकल दुर्घटना एकको ज्यान गयो

April 29, 2016६९ पटक

 

नवलपरासी, वैशाख १७–

नवलपरासीमा गयराति मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार रामग्राम नगरपालिका–३ रामखण्ड पुलमा भैरहवाबाट भूमही तर्फ आउदै गरेको लु१६प ९९११ नम्बरको मोटरसाईल आफै अनियन्त्रित भई पूलको रेलिङमा ठोक्किन पुग्दा दुर्घटना भएको हो । मोटरसाईकलमा पछाडी बस्नेत तिलकपुर–८ बस्ने वर्ष ३५ का गिरीराज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाईते भएका उनको पृथ्बीचन्द्र अस्पताल परासी उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएकोे छ ।

यस्तै दुर्घटनामा परि चालक सोही स्थानका वर्ष १९ का आकास चौधरी दुर्एटै हात, खुट्टा भाचिएको र उनको जिल्ला अस्पताल परासीमा उपचार सम्भव नभएपछि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण