बंगुरपालक कृषकका लागि अनुदान वितरण
उज्यालो लाल्टिन
स्याङ्जा, बैसाख १८ । स्याङ्जा को भिरकोट न पा ३ चिलाउने खर्क मा गठन भएको लाङ्धली बगुर पालन समुह का २५ जना किसानहरुलाई बंगुरखोर निर्माण बापत किसानहरुरुलाई रु ५००० का दर ले बितरण गरिएको छ । पशु सेवा केन्द्र, दहथुम स्याङ्जा को वार्षिक कार्यक्रम अनुसार सो बिपन्न तथा महिलाहरुको सहभागिता मा सो समुह गठन भएको हो । बंगुरपालन गरि आम्दानी को श्रोत बढाउने मुख्य उद्देश्य ले समुह गठन गरिएको हो। पशु सेवा केन्द्र दहथुम का प्रमुख सुशील अर्याल ले किसान हरु लागि रकम बितरन गर्नु भएको थियो। सो कार्यक्रम को सभापतितब समुह का अध्यक्ष भक्त बहादुर मगर ले गर्नु भएको थियो। कार्यक्रम मा डिल्ली राम खनाल ले सम्पुर्ण समुहको तर्फबाट बंगुरपालन गरि नमुना समुह बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो सो कार्यक्रम को संचालन समुह कि कोषाध्यक्ष रिता मगरले गर्नु भएको थियोे ।