महिलाको कब्जामा साप्ताहिक हाटबजार
टक सुनार
देवदह ,बैसाख १८ । रुपन्देहीको पुर्वी ब्यापारीक केन्द्र देवदहमा लाग्ने गरेको साप्ताहिक हाटबजारमा महिलाको बाहुल्यता देखिने गरेको छ । पछिल्लो समयमा अधिकांश पुरुषहरु रोजगारीको शिलशिलामा बिदेश जाने कारणले हाटबजारमा महिलाको बाहुल्यता बढ्दै गएको हो ।
हाटबजारमा ब्यापार गर्ने ब्यापारी देखि लिएर किनमेल गर्ने सम्म अधिकांश महिलानै छन । किनमेलका लागि महिला मात्रै आउने कारण पुरुषले लगाउने कपडाको ब्यापार ह्वात्तै घटेको बिगत १० बर्ष देखि साप्ताहिक हाटबजारमा कपडाको ब्यापार गर्दै आउनु भएका रामेश्वर महतोकाभनाई छ ।
आफुले ब्यापार सुरु गर्दा ताका महिला ब्यापारी ज्यादै न्युन रहेता पनि अहिले लगभग सबै ब्यापारी महिलानै हुन लागेको हाटबजारमा लामोे समय देखि जुत्ता चप्पलको ब्यापार गर्दै आउनु भएकी सिमा चापागाइले बताउनु भयो । बिदेशबाट रेमिटान्स भित्रने र नेपालीको सौखिन बानीका कारण साप्ताहिक हाटबजारमा महिलाको संख्यामा बृद्धि भएको स्थानिय बुद्धिजिवी जय किशन अधिकारीको भनाई छ । उपभोगमा महिलाको संख्या बढेता पनि उत्पादन र बितरणको क्षेत्रमा महिलाको सहभागिता बढाउन सकेका खण्डमा मात्र महिलाको बास्तविक आर्थिक बृद्धि गर्न सकिन्छ ।
यस तर्फ सम्बन्धित निकाय र महिला स्वयमल सोच्ने की ? देवदहको खैरेनीमा साप्ताहिक हाटबजार हरेक हप्ताको शुक्रबार लाग्ने गरेको छ । उक्त हाटबजारमा पाल्पाको गोठादी नवलपराशीको सुनवल र देवदह आशपासका क्षेत्रका किशान बिक्रेता र उपभोत्ताहरुको जमघट हुने गरेको छ ।