गृहपृष्ठ » समचार, समाचारहरुपाल्पाको रामपुरमा भीरबाट खसेर रानाको मृत्यु

पाल्पाको रामपुरमा भीरबाट खसेर रानाको मृत्यु

April 30, 2016१५४ पटक

 पाल्पा । पाल्पाको रामपुर नगरपालिका–२ का रामबहादुर रानाको भिरबाट खसेर मृत्यु भएको छ।

घाँस काट्न घर नजिकैको डुम्रीखोला खरबारीमा गएका वर्ष ५३ वर्षीय रानाको शुक्रबार साँझ भिरबाट खसेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

साँझ अबेरसम्म घर नफर्के पछि खोज्दै जाँदा राति डुम्रीखोला खरबारीबाट एक सय मिटर तल घाइते अवस्थामा भेटिएका रानाको टाउकोमा गहिरो चोट लागेको थियो।

उनलाई तत्काल उपचारका लागि रामपुर अस्पताल ल्याउँदै गर्दा शुक्रबारराति बाटोमै मृत्यु भएको उनका छोरा दिलराम रानाले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण