द्धन्द्ध समाधान र शान्ति निर्माणका बारेमा तालिम दिन सुरु
बेगम महरा दाङ १८ बैशाख
दाङको लक्ष्मीपुर गाविसका युवाहरुलाई द्धन्द्ध समाधान र शान्ति निर्माणका बारेमा जानकारी दिन सुरु गरीएको छ । मानव अधिकार सरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस दाङको आयोजना र गाविस स्तरिय युवा सञ्जाल लक्ष्मीपुरको समन्वयमा युवाहरुलाई तालिम दिन सुरु गरीएको हो ।
तालिमको आज एक अनौपचारिक कार्यक्रमको आयोजना गरी सुरु गरीएको हो । कार्यक्रममा युवा सञ्जाल लक्ष्मीपुरका अध्यक्ष नवीन अभिलाषीले युवाहरुको अबस्था र सञ्जालले गर्दै आएको कामको बारेमा जानकारी दिनुभएको थियो । यस्तै द्धन्द्धले समाजमा पार्ने नकारात्मक प्रभाब, समाजमा शान्ति स्थापनाका लागि युवाहरुको भुमिका, मानव अधिकार र सक्रमणकालिन न्यायका बारेमा जानकारी दिईने हरप्लेस दाङका कार्यक्रम सयोजक विनोद केसीले बताउनुभयो ।
तिन दिनसम्म सञ्चालन हुने तालिमका गाविसका सबै वडाहरुका ३० जनाको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकमा राजेन्द्र अधिकारी र विनोद केसी रहनु भएको छ । तालिमको बारेमा हरप्लेसका सन्तोष दहितले जानकारी गराउनु भएको थियो भने सहजीकरण युवा सञ्जाल लक्ष्मीपुरका सचिब गिरबहादुर महराले गर्नुभएको थियो ।।