गृहपृष्ठ » समचारआगलागीबाट थकरीकोटमा तीन घर खरानी

आगलागीबाट थकरीकोटमा तीन घर खरानी

April 30, 2016६० पटक

सन्तोषकुमार गुप्ता, भालुवाङ १८ बैशाख ।।

आगलागीबाट सिसहनियाँ—७ थकरीकोटका तीन घर खरानी भएका छन् । जंगलमा लागेको आगो शुक्रबार राती करिब ८ बजे थकरीकोट बस्तीमा पस्दा तीन घर जलेर खरानी भएको हो ।
आगला
13087866_1793746610845329_1811680990738382302_nगीबाट रिमबहादुर थापा, सुमन थापामगर र आत्माराम सारुमगरको घर जलेर खरानी भएको थकरीकोट गाउँ अगुवा दुर्गा उचहीमगरले जानकारी दिएका छन् । आगलागीबाट घरमा रहेका लत्ताकपडा, जिन्सी, नगद र काठपात गरी करिब १० बढीको क्षति भएको छ । जंगलमा लागेको आगो निभाउन बिहानै देखि लागेको भए पनि भौगोलिक कठिनाई तथा तीब्र हावाले गर्दा आगो नियन्त्रणमा लिन नसक्दा बस्तीमा पसेको गाउँ अगुवा उचहीमगरले जानकारी दिए । आगो राती करिब १२ बजे मात्र नियन्त्रणमा आएको थियो । अग्नीपडितहरु अहिले आफन्तको सरणमा रहेका छन् भने अहिले सम्म कुनै राहत समेत नपाएको पडितहरुले बताएका छन्

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण