बिभिन्न ठाँउमा आन्दोलनहरु ।।
२६ साउन, सुर्खेत
अखण्ड मध्यपश्चिमको माग गर्दै गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउदा तीन जनाको मृत्यु भएपछि त्यसको विरोधमा सुर्खेत, दैलेख र जुम्लाबाट छुट्टाछुट्टै रुपमा बन्दको आह्वान गरिएको छ ।
तीन वटै जिल्लाबाट मध्यपश्चिम बन्दको आह्वान गरिएको छ । बन्दका कारण ती जिल्लासहित मध्यपश्चिमको जनजीवन प्रभावित भएको छ ।
कर्णाली अञ्चललाई टुक््रयाको भन्दै कर्णाली संयुक्त संघर्ष समिति जुम्लाले ४ ओटा पार्टी कार्यालयमा तोडफोड गरेको छ । संयुक्त संघर्ष समिति जुम्लाका आन्दोलन कारीहरुले पार्टी कार्यालयमा तोडफोड गरेका हुन् ।
नेपाली कागे्रस, नेकपा एमाले, एकिकृत नेकपा माओवादी र नेपाल मजदुर किसान पार्टीको कार्यालय रहेको भाडाको घरमा समेट तोडफोड गरेका छन् । पार्टी कार्यालयमा रहेका झ्याल ढोका फोडिएका छन् भने कार्यालय भित्र रहेका कागजात समेतमा आगजनी गरेका छन् ।
आन्दोलनकारीहरुलाई नियन्त्रणमा लिनको लागी जिल्ला प्रहरी कार्यालय जुम्लाले १४ ओटा हवाई फायर गरेको छ भने ४ ओटा असुर ग्यास फालेको छ । नागरिकहरुले आन्दोलन दबउन खाजेको भन्दै आक्रोसित भएका छन् ।
त्यस्तै दैलेख र जुम्लामा स्वायत्त भेरी कर्णाली प्रदेशको माग गर्दै अनिश्चितकालिन बन्दको आह्वान गरिएको हो । बन्दले दैलेखको जनजीवनसमेत पूर्णरुपमा प्रभावित भएको छ । दाङको तुलसीपुरमा पनि अखण्ड राप्तीको माग गर्दै नागरिकहरुले तुलसीपुरमा प्रदर्शन गरेका छन् ।
उता थरुहट स्वायत्त प्रदेश बनाउनुपर्ने माग राखेर थारु कल्याणकारीणी संघर्ष समितीले आजदेखि वर्दिया अनिश्चितकालीन बन्दको घोषणा गरेको हो । यस्तै अखण्ड मध्यपश्चिम हुनुपर्ने तथा प्रादेशिक राजधानी सुर्खेत हुनुपर्ने माग सहित जाजरकोट वासीले बन्द आह्वान गरेका छन् ।
त्यस्तै सल्यानमा पनि आम हडतालको आह्वान गरिएको छ साथै अखण्ड नवलपरासीको माग गर्दै नवलपरासीको पश्चिम क्षेत्र आज दोस्रो दिन पनि बन्द गरिएको छ ।
यता सुर्खेतमा सरकारी कार्यालय आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ हिजो अखण्ड मध्यपश्चिमको माग गर्दै भएको प्रदर्शनका क्रममा ३ जनाको मृत्युपछि ति क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । अब पश्चिममा कट्कुवा हेल्थपोष्ट चोक, पुर्वमा धमला चोक, दक्षिणमा क्षेत्रीय रंगशाला आसपासको क्षेत्र र उत्तरमा शंकर चोक आसपासका क्षेत्रमा कुनै प्रकारको कार्यक्रम गर्न नमिल्ने भएको छ । क्षेत्रीय उद्योग वाणिज्य संघको नेतृत्वमा विरोध अहिले पनि भैरहेको छ ।