गृहपृष्ठ » राजनीतिसंविधानको कार्यान्वयन पहिलो प्राथमिकताः मन्त्री बस्नेत

संविधानको कार्यान्वयन पहिलो प्राथमिकताः मन्त्री बस्नेत

April 30, 2016११५ पटक

उज्यालो लालाटिन १८ बैशाख प्यूठान

गृहमन्त्री शक्तिDSC07288 बहादुर बस्नेतले नयाँ संविधानमा ब्यबस्था भएका कुराहरुलाई लागु गरेर संविधानको कार्यान्वयन गर्नु अहिलेको पहिलो प्राथमिकता भएको बताउनु भएको छ ।

 

संविधानका सन्दर्भमा विभिन्न टिका टिप्पणी समेत उठ्ने गरेको बताउदै मन्त्री बस्नेतले रोजगारीको अधिकार, जनताका अधिकार समेटेको संविधान प्रतिगामी हुदैन बरु अव संविधानमा नपुग कुरा थप गर्दै जाने र यसमा भएका ब्यबस्थालाई पूर्णरुपमा कार्यान्वयन गर्न सबै दल एक साथ अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।योङ्ग कम्युनिष्ट नेपाल प्यूठानको चौथो जिल्ला सम्मेलनमा प्रमुख अतिथीको आसनबाट बोल्दै मन्त्री बस्नेतले सो कुरा बताउनु भएको हो । अवको कार्यभार भनेको प्रदेशका, स्थानिय निकाय निर्वाचन, स्थानिय सरकार लगायत संरचनाहरुको निर्माण तथा शासन ब्यबस्था कार्यान्वयन गर्ने हो भन्दै मन्त्री बस्नेतले संविधान निर्माणमा एमाओवादीको भूमिका महत्वपूर्ण रहेको र देशको शासन ब्यवस्था सिंह दरवारमा मात्र केन्द्रित गर्ने प्रथाबाट अन्त गरेर जनता सामु शासन ब्यबस्था संविधानमा भएकोले पनि संविधानको कार्यान्वयन गर्नु पहिलो प्राथमिकता रहेको बताउनु् भयो ।

वाई. सि.एल प्यूठानका अध्यक्ष लिलाप सिं के.सी.को अध्यक्षतामा भएको वाई सियल प्यूठानको सो चौथो जिल्ला सम्मेलनमा वाइ.सि.एलका केन्द्रिय महासचिव राम प्रसाद सापकोटाले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा एमाओवादी प्यूठानका अध्यक्ष कृष्ण अधिकारी प्रकासले प्यूठानको विकास निर्माण,रोजगारी लगायतको माग पत्र गृह मन्त्रीलाइृ पेश गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण