गृहपृष्ठ » पत्रपत्रीका, राजनीतिवैद्य विरुद्ध विद्रोह गर्ने बादलको यस्तो छ तयारी

वैद्य विरुद्ध विद्रोह गर्ने बादलको यस्तो छ तयारी

May 1, 2016१२६ पटक
काठमाडौ, १९ बैशाख

 

वैद्यले केन्द्रीय समिति रोकेर अन्य कमिटीको बैठक बोलाउन खोजेपछि बादलले आफू पक्षका नेताहरूसँग छलफल थालेका छन् ।उनले शुक्रबार पनि वैद्यलाई भेटेर तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् । तर, वैद्यले नेता सिपी गजुरेलसँग छलफल गरेर निर्णय दिने भन्दै बैठक बोलाउन अनिच्छा देखाएको स्रोतको भनाइ छ ।

बादलको तयारी
वैद्यले केन्द्रीय समिति बैठक नबोलाए आफैँ बोलाउने तयारीमा बादल छन् । यसका लागि २८ वैशाखसम्म कुर्ने वा त्यसअघि नै बोलाउने भन्नेमा भने उनी छलफलमा छन् । उनले केन्द्रीय समिति बैठक बोलाएमा वैद्य पक्षका नेता सहभागी हुने छैनन्, जसबाट पार्टी औपचारिक रूपमै विभाजन हुनेछ ।

आफूले बोलाएको बैठकमा पार्टी संरचना र कार्यविभाजन गर्नेबारे पनि बादलले छलफल गरेका छन् । यसो भएमा बादलले नेताहरू कुलप्रसाद केसी, लेखनाथ न्यौपानेसहितको सहमतिमा तयार गरेको १४ बुँदे प्रस्तावका आधारमा एमाओवादीसहितका माओवादी धाराका पार्टीहरूसँग एकता गर्ने गरी समझदारीको प्रयास गर्नेछन् ।एमाओवादीसहित एकता पक्षधर मणि थापा, मातृका यादवलगायतका नेताहरूसहितको एकता संयोजन समिति बनाएर पार्टी एकतामा जानेछन् । नयाँ पत्रिका दैनिकबाट  ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण