गृहपृष्ठ » पत्रपत्रीका, समाचारहरुसांसद कोषको रकम बढाउन माग

सांसद कोषको रकम बढाउन माग

May 1, 2016१९२ पटक

प्रकाशित मिति : २०७३ बैशाख १९ आइतबार

काठमाडौं । जिविस सप्तरी र अर्घाचाँचीले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको बजेट साइकल खरिद, पाइप वितरण, तालिम गोष्ठीजस्ता कार्यक्रममा ३० लाख रुपैयाँ वितरण गरे। सभासदको दबाबमा गरिएको उक्त खर्च नियमविपरित छ।
त्यस्तै जिविस दाङले विभिन्न गैरसरकारी संस्थाको भवन निर्माण, भौतिक सुधारका क्षेत्रमा १३ संस्थालाई  १६ लाख अनुदान उपलब्ध गरायो। महाखेला परीक्षकको चालु आर्थिक वर्षको प्रतिवेदनअनुसार यो नियमावलीविपरित खर्च हो।
चर्को विरोधका बाबजुत सरकारले हरेक वर्ष छुट्याउँदै आएको निर्वाचन क्षेत्र अन्तर्गत कार्यक्रममा भइरहेको दुरुपयोगका यी प्रतिनिधि उदाहरणमात्रै हुन्।
कान्तिपुर दैनिकमा समाचार छ – ०५८ र ०७१ मा सुरु भएका दुई कार्यक्रमको बजेट अधिकांश सांसदले दुरुपयोग गर्दै आएका छन् ।
तर विडम्बना, हरेक वर्ष महालेखा परीक्षकको प्रतिवेदनले दुरुपयोग भन्ने र बाहिरीक्षेत्रबाट समेत चर्को आलोचना हुने गरेका दुवै कार्यक्रममा आउँदो वर्षदेखि बजेट बढाउन सांसदहरुले दबाब सुरु गरेका छन्।
बजेट निर्मणको अन्तिम गृहकार्य गरिरहेको अर्थ मन्त्रालयलाई सत्ता साझेदार र प्रतिपक्षी दलका सांसदहरुले भूकम्प र नाकाबन्दीले मूल्यबृद्धि भएको कारण देखाउँदै दुबै कार्यक्रममा बजेट बढाउन दबाब दिएका हुन्।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण