गृहपृष्ठ » मुख्य समाचारगुल्मीका डिएसपि हिमालयकुमार श्रेष्ठद्धारा जिल्लाबासी प्रति आभार ब्यक्त ।।

गुल्मीका डिएसपि हिमालयकुमार श्रेष्ठद्धारा जिल्लाबासी प्रति आभार ब्यक्त ।।

August 11, 2015१३८ पटक

गुल्मी, श्राबण २६
गुल्मीका प्रहरी नायव उपरिक्षक हिमालय श्रेष्टको सरुवा भएको छ । सरुवा भई जान लागेका गुल्मीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक हिमालय श्रेष्टले जिल्लाका पत्रकारहरु संग अन्तरक्रिया गर्नु भएको छ । गत वर्ष गुल्मी जिल्लामा सरुवाभई आएका श्रेष्टले आफ्नो एक वर्षे यात्रामा सहयोग गर्ने जिल्लावासीलाई धन्यावाद दिनु भएको छ । कार्यक्रममा पत्रकरहरुले जिल्लामा रहुन्जेल सबै क्षेत्रमा राम्रो काम गर्नु भएको भन्दै धन्यावाद दिँएका थिए । प्रहरी प्रमुख श्रेष्ट जिल्लामा आए सगै लामो समयदेखि यहाँका सवारी साधनले क्षमता भन्दा वढी यात्रु राखेर यात्रा गराउँदै आएका सवारी साधनलाई कारवाही गरे लगत्तै सिट क्षमता अनुसार सवारी साधनले बोक्ने गरेका छन् । जिल्लामा लामो समय यता सवारी साधनले सिट क्षमता भन्दा वढी यात्रु बोक्ने गरेका थिए । सवारी साधनलाई सिट क्षमता अनुसार यात्रु बोक्ने बनाउनु जिल्लाको लागी प्रहरी प्रमुख श्रेष्ट मुख्य काम रहेको छ । प्रहरी प्रमुख श्रेष्टले स–साना बालवालिकाहरुलाई प्रहरी भनेको शान्ति सुरक्षा कायम गर्ने कर्मचारी हुँन भन्ने रसाथीत्वको भावना विकास गर्नका लागि स्कुल कार्यक्रम पनि प्रभावकारी बन्दै गएको थियो । गुल्मीका प्रहरी प्रमुख हिमालय श्रेष्ठ आफै नै जिल्लाका सदरुका सहित ग्रामीण बस्तीहरुमा रहेका बिद्यालयहरुमा पुगी बिद्यार्थीहरुका लागी लागु औषध दुव्र्यसन, यौन दुव्र्यबहार, घरेलु हिंसा, ट्राफिक नियम, बिद्युतिय अपराध लगायतका बिषयमा अन्र्त्क्रिया तथा प्रशिक्षण कार्यक्रमले बिद्यार्थीहरुमा दिनुले यो अभियान जिल्लामा प्रभावकारी बन्दै गएको छ । प्रहरीले जिल्लाका बिभिन्न स्थानमा नागरिक सुनुवाइ कार्यक्रहरु पनी सम्पन्न गरेको थियो । यस्तै प्रहरी प्रमुख श्रेष्टले गाउँघरमा घरेलु मदिराले बिभिन्न खालका समस्याहरु उत्पन्न हुने भन्दै जिल्लाका बिभिन्न स्थानबाट ठुलो परिमाणमा घरलु मदिरा नियन्त्रणमा लिइएको थियो । प्रहरी प्रमुख श्रेष्ट आए सगै सवारी साधन चेकजाचँमा कडाइ गर्नुका साथै जिल्लाका कुनै पनि सार्वजनिक स्थानहरुमा हो हल्ला गर्ने, झै झगडा लगायतका गतिबिधीमा सलग्नहरुलाइृ समेत कारवाही प्रक्रिया शुरु गर सगै जिल्लामा शान्ति सुरक्षाको अवस्थामा सुधार भएको थियो । यस्तै प्रहरी प्रमुख श्रेष्टको कार्यकालमा पर्यटकिय नगरी सदरमुकाम तम्घासलाई सुन्दर
सफा राख्ने उदेश्यले प्रहरीले बजार क्षेत्र भित्र फोहोर संकलन केन्द्र लगायतका महत्वपुर्ण कामहरु भएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण