गृहपृष्ठ » राजनीति, समचारसमाज रुपान्तरणका लागी युवाको युवाको खाँचो – नेता क्रान्ति

समाज रुपान्तरणका लागी युवाको युवाको खाँचो – नेता क्रान्ति

May 1, 2016१९६ पटक

राम बहादुर दानी
१६ बैसाख बाजुरा ।  दश बर्षिय राजनितिक उथलपथलको शिलसिलामा देशको मुहार परिवर्तनका लागी स्थापना भएको एकिकृत नेकपा माओवादीको भातृ सागठन वाइ सियल सँगठन बाजुराको तेस्रो जिल्ला सम्मेलन उद्घाटन कार्यक्रम बैसाख १५ गते बुधबार जिल्ला सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ ।

वाइ सि यल युवाहरुको सँगठन निर्माण पश्चात नेपालको राजनितिक परिवर्तनमा ठुलो भुमिका खेलेको करालाई सत्य साबित मन्नु पर्ने कुरा औँल्यााउदै अधिकाँश ए नेकपा माओवादीका नेताहरुले प्रशँसा गर्नु भएको थिायो । वाइ सि यल सँगठन बाजुराका सँयोजक रमेश वडको अध्यक्षतामा सम्पन्न भएको समुद्घाटक कार्यक्रमको प्रमुख अथिति नेपाल युथ फोर्स केनिद्रय समिति सदस्य नरेनद्र तिमिल्सेना क्रान्ति रहनु भएको थियो । एकिकृत माओवादी जिल्ला कमिटी अध्यक्ष सहदेब बोकटी, सचिब दिपक बुढा,जिल्ला कमिटी सदस्य बिनिता बि.क लोक दोहोरी युगल जोडी रँग नेपाली र निजकी धर्मपत्नी लोक दोहोरी गायिका लिला के.सी., गायक तथा पत्रकार राम बहादुर दानी अतिथी रहनु भएको कार्यक्रमको सञ्चालन रुपेश खड्काले गर्नु भएको थियो । कलात्मक भावनाले धनी पार्टी भनेर चिनिने ए नेकपा माओवादी जनबादी कलाकार रँग नेपाली, लिला केसी र गायक राम बहादुर दानीले कार्यक्रम समुद्घाटनमा स्वागत मन्तब्यको बिचमा बेजोड साँगितिक मनोरञ्जन दिदै उपस्थित महानु भावहलाई मनोरञ्जन दिनु भएको थियो । युगल जोडी रँग नेपाली र लिला केसीको बेजोड साँगितिक प्रस्तुती बाट रु २३०० पुरस्कारले युगल जोडीलाई सम्मान समेत गरेको थियो ।
औपचारिक रुपमा बुधबारबाट सञ्चालन भएको युथ फोर्स सँगठन बाजुराको जिल्ला अधिबेशनले युवाहरुको पक्षबाट राजनितिक अवस्थालाई टेवा पुर्याइ जुझारु कर्मठ र कुशल नेतृत्व चयन गर्ने भएको छ । खुला सत्रबाट सुरु भएकोे औपचारिक कार्यक्रम बन्दसत्रमा गई नया जिल्ला कार्य कमिटी गठन हुँने भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै ए नेकपा माओवादी जिल्ला कमिटी अध्यक्ष सहदेब बोगटीले वाजुराको बिकास र समर्ग सुदृढीकरणमा वाइसियल नेपालले आयाम भुमिका रहेकोले समाज परिवर्तनका लागी युवा बर्गाको आवश्यक परेकोले देश  जनताको रक्षाका लागी युथ फोर्सले समाज परिवर्तनमा आयाम भुमिका खेलेकोले देशलाई फेरी पनि युवाको आवश्यक परेकोले सबै यथहरुले एकबद्ध भएर लाग्नु पर्ने कुरामा जोड दिनु भएको थियो । उद्घाटन समारोह कार्यक्रममा बोल्दै प्रमख अतिथी रहनुभएका नरेन्द्र तिमिल्सेना क्रान्तिले जनताका इच्छा आकाँसाहरु सँस्थागत नभएकोले केही कसु तत्वहरुरे फेरी जरा गार्न सक्ने भएकोले फेरी जनताहरुका हक अधिकारहरु सुनिश्चित गर्न नेपाली जनताका अधिकारहरुलाइृ पनर्बाहाली गर्न वाइसियल युथ फोर्सले मात्र सक्ने भएकोले प्रतिगामी,बहुलबाद र बिस्तारबाले जरो गारेको कुरा सिद्ध भएको बताउनु हुँदै कालो पर्दाको जालालाई  नेपाल र नेपाली जनताबाट निकालेर, तत्कालिन सम्बिधान समाबेशी र जनमुखी भएकोले सम्बिधान कार्यनयन गर्न पनि युथ फोर्सको जरुरी रहेकोहुँला वाइसियल युवाहरुले मात्र सफल पार्न सक्ने कुरामा जोड दिदै फेरी नेपालमा वाइसियल युवाहरुलाई तालिम र पुर्नताजकियताको आवश्यक परेको बताउनु भएको छ । देश रुपान्तण र केही कसुर तत्वहरु निर्मुल अझै पनि नभएकोले वाइसियलको आँचो समेत परेको कुा औल्याँउनु भएको छ । बुधबार बाट सुरु भएको उद्घाटन कार्यक्रम वाइसियल नेपाल युवाहरुको जिल्ला सम्मेलन बाट नयाा नेतृत्व चयन गरेर समापन हुने भएको छ । १६ गते सम्पन्न भएको  ए नेकपा माओवादीको भातृ सँगठन वाइ सियल जिल्ला कमिटी गठन भएको छ । रुप बहादुर ओड अध्यक्ष बरिष्ठ उपाध्यक्ष रुपेष खड्का,गोरख बिक दिलपि रोकाया सचिब भरत ओड लगायत ५१ सदस्यिय जिल्ला कमिटी गठन भएको छ । नव निर्वाचित सचिब भरत ओडले जानकारी  दिनु भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण