गृहपृष्ठ » मनोरञ्जन‘सेक्रेट सुपरस्टार’ आमिर खानले निर्देशन गर्ने, अभिनय भने नगर्ने

‘सेक्रेट सुपरस्टार’ आमिर खानले निर्देशन गर्ने, अभिनय भने नगर्ने

May 1, 2016१५० पटक

aamir‘फ्यान फलोईङ अनि क्रेजलाई जोडेर पछिल्लो पटक बलिउड स्टार शाहरुख खानको ‘फ्यान’ फिल्म आयो । तर फिल्म फ्लप सुचीमा पुग्ने प्रक्रियामा छ । यो बीचमा अर्का स्टार अभिनेता आमिर खानको यस्तै विषयको सेरोफेरोमा नयाँ फिल्म आउने पक्का भएको छ ।

वलिउड अनलाईनहरुले लेखे अनुसार आमिरको २०१७ को लागी प्रोजेक्ट ‘सेक्रेट सुपरस्टार’ हुनेछ । सुरुमा ‘आज फिर जिने कि तमन्ना है’ टाईटल राखिएपनि अन्ततः यो नाम परिवर्तन भई ‘सेक्रेट सुपरस्टार’ बनेको हो ।

फिल्म सांगितिक कथामा आधारित हुने बताईएको छ । ‘फिल्ममा आमिर अभिनयमा हुने छैनन् निर्देशनमा हुनेछन्’ कोईमोई डटकमले लेखेको छ । यो फिल्मको लागी कलाकार तय हुन बाँकी छ ।  यसअघि पनि आमिरले निर्देशन गर्ने भनिएका फिल्म अन्तिम समयमा अरुले नै निर्देशन गरेका रेकर्ड छन् । त्यसैले यो फिल्म पनि कसको निर्देशनमा बन्छ हेर्न बाँकी छ ।

साभार : http://www.filmykhabar.com/news/12257/

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण