गृहपृष्ठ » समचारमजदुरवर्गको विभेदमा अन्त्य हुन जरुरी

मजदुरवर्गको विभेदमा अन्त्य हुन जरुरी

May 1, 2016९३ पटक

शशिधर भण्डारी
प्यूठान बैसाख १९ ।  शान्त, समृद्द बिकसित राष्ट्र निर्माणका लागि सम्पूर्ण मजदुरवर्गको विभेदमा अन्त्य हुनु पर्ने सहभागि मजदुरहरुले  बताएका छन् ।१२७ औँ अन्तराष्ट्रिय मजदुर दिवसका अवसर( मे एक)मा विजुवारमा आयोजित कार्यक्रममा जव सम्म मजदुरको कदर गरिदैन तवसम्म राष्ट्रले निकास पाउन गाह्रो हुन्छ भन्दै मजदुर बर्गको उत्थानका लागि सबै एकजुट हुनु पर्ने बताएका हुन् ।

राप्ती अटो इन्जिनियरिङ्ग एशोसियशन शाखा कार्यालय तथा गौमुखी यातायात मजदुर समिति प्यूठानले मनाएको विश्व मजदुर दिवसको कार्यक्रममा बोल्ने बक्ताहरुले देशमा बढ्दो महगँी, पेट्रोलियम पदार्थमा भएको कालोबजारी नियन्त्रण, सम्पूर्ण मजदुरहरुलाई सामाजिक सुरक्षा तथा विमाको ब्यबस्था गर्नु पर्नेमा जोड दिएका थिए ।

गौमुखी यातायात मजदुर समिति को कार्यालय नयाँबजार जुम्रीबाट शुरु भएको ¥याली सहित प्यूठान जिल्ला अस्पताल विजुवारमा गई अस्पतालका विरामीहरुलाई फलफुल वितरण समेत गरेको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण