गृहपृष्ठ » मनोरञ्जनगायक सुर्य राईको दोस्रो गीति एल्बम ‘च्याट’ सार्वजनिक

गायक सुर्य राईको दोस्रो गीति एल्बम ‘च्याट’ सार्वजनिक

May 1, 2016१८१ पटक

सुवास संकल्प

इटहरी, २०६२ सालदेखि अनवरत रूपमा साङ्गीतिक यात्रा समर्पि गायक सूर्य राईको दोस्रो एल्बम ‘च्याट’ को विमोचन भएको छ । राजधानीको संवाद डबलीमा आयोजना भएको एक कार्यक्रमकाबीच वरिष्ठ कलाकार कृष्ण मल्लको प्रमुख आतिथ्यतामा सो एल्बम विमोचन गरिएको हो । कार्यक्रममा नायक सविन श्रेष्ठ, यसराज गराज, संगितकार राम कार्की, साहित्यकार एबं गितकार सुरेन्द्र महर्जन ‘अमर’ लगायत सञ्चारकर्मीशरुको उल्लेख्य उपस्थििति रहेको थियो ।
एल्बम च्याटमा ६ ओटा गित रहेका छन् । दर्शकहरुको अत्याधिक मन जित्न सफल ‘च्यटिङ्गमा आउ राति’ बोलको गितको भिडियो विमोचन कार्यक्रममा देखाइएको थियो । उक्त गितमा शब्द प्रशान राई, रोनु अधिकारीको रहेको छ भने संगित तथा एरेन्ज राम कार्कीको छ । उक्त भिडियोलाई चर्चित निर्देशक रोशन श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्13084097_827267830750332_17806750_nरको सुभमुहुर्त हुनु अगाबै सफल गीत चलचित्रमा समाबेश गर्ने निधो गरिएको छ ।
चलचित्र परिवर्तन र ब्ल्याक क्याटमा आफ्नो स्वर दिई सकेका गायक राईको ‘च्यटिङ्गमा आउ राति’ गीत सुनिल कटुवालको चलचित्र ‘नकाब’ मा समाबेश गरिने निर्देशक रोशन श्रेष्ठले लाइक नेपाल लाई बताए । उक्त चलचित्रमा चर्चित कलाकारहरु सविन श्रेष्ठ, निता ढुङ्गाना, सुनिल कटुवाल, एन्नि कुंवर लगायतले अभिनय गरेका छन् ।
एल्बम च्याटलाइ म्युजिक हाईलाइटले बजारमा ल्याएको हो । गीतको सफलताको लागि शुभकामना ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण