गृहपृष्ठ » समचारस्वाभिमान रक्षाका लागि उठन आम नेपालीहरुलाई पहाडीको आग्रह

स्वाभिमान रक्षाका लागि उठन आम नेपालीहरुलाई पहाडीको आग्रह

May 2, 2016६८ पटक

प्रकाशित मिति : २०७३ बैशाख २०

दाङ । नागरिक अगुवा कृष्ण पहाडीले देशको स्वाभिमान रक्षाका लागि उठन आम नेपालीहरुलाई आग्रह गरेका छन् । मानव अधिकार तथा शान्ति समाजको राष्ट्रिय कार्यक्र12321372_592392717577493_1059463062965606073_n(1)म अन्र्तगत दाङको तुलसीपुरमा  भएको स्वाभिमान अभियान कार्यक्रममा पहाडीले यस्तो बताएका हुन् ।

उनले मुलुकको अवस्था अत्यन्तै जटिल बन्दै गएको भन्दै सबै नेपाली राष्ट्रिय स्वाभिमान र देशको रक्षाका लागी उठनु पर्ने बताए । देशलाई बिखण्डन गर्ने तत्वहरु जागेको भन्दै उनले भने, ‘यदी हामी अहिले उठेनाँै भने हामीलाई नेपाली माटोले सराप्ने छ ।’ नेपाली आमालाई दुख्दा हामीलाई समेत दुख्नु पर्ने भन्दै यस्तो बला उठेनौ भने त्यो भन्दा तुच्छ कोही नहुने पहाडीले बताए ।
देशलाई बिखण्डन गर्ने र भड्काउने तत्वले स्थाई शान्ति आउन नदिने भन्दै पहाडीले सबै मिलेर देशको रक्षाका लागि लडनु पर्ने बताए । उनले नागरिक समाजलाई त्यसको नेत्रृत्व गर्न आग्रह समेत गरे । अधिकारकर्मी पहाडीले देशमा निर्दलिय चरित्र हावी हुदै गएको बताए । त्यसको प्रमाण दलहरुबीचको आपसी मनमुटाव नै हो –पहाडीले भने । त्यस्ता मान्छे सत्तामा आएका छन् । पहाडीले वर्तमान सरकार उश्रृंखलहरुको झुण्ड रहेको समेत बताए । उनले संविधान अनुसार सपथ लिएर मन्त्रि हुने तर संविधानको विरोध गर्ने तथा विरोध प्रद्रर्शन गर्दै हिडनु त्यो भन्दा उश्रृंखल अरु के हुन सक्छ –पहाडीले प्रश्न गरे ।
पहाडीले भने, ‘राजनीतिक समाजले जनतालाई न्यायाधीश मान्नु पर्ने हो तर, ठिक त्यसको ब्विपरीत भै रहेको छ, जनतालाई दास बनाउन खोजिएको छ ।’ जनताले देश र नेताहरुलाई सँधै साथ दिईरहेको भन्दै पहाडीले शास्त्रमा आफुले विष खाएर जनतालाई अमृत खुवाएको उल्लेख भएको तर, नेपाली नेताहरुले अमृत आफुले खाएर जनतालाई विष दिइरहेको बताए ।
अर्को प्रसंगमा पहाडीले नेपालमा चलिरहेको जातीवाद र क्षेत्रियतावादको आन्दोलनले मुलुकको हित नगर्ने बताए । उनले हाल देशमा चलिरहेको आन्दोलनले मुलुकलाई बिखण्डन गर्ने समेत बताए । केही शक्तिले आत्मनिर्णय सहितको राज्य माग्नु भोलि जनमत संग्रह मार्फत राज्य टुक्राउने चाल रहेको पहाडीको छ । साथै उहाँले देशमा रहेको विविधतालाई एकतामा बाँध्न सके र त्यसलाई उत्सवको रुपमा ग्रहण गर्न सके देशमा शान्ति र सम्वृद्धि हुने बताए ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण