गृहपृष्ठ » मुख्य समाचार, समचार, साहित्यलेखक संघमा डा. लम्साल

लेखक संघमा डा. लम्साल

May 2, 2016२३० पटक

काठमाडौं । नेपाली लेखक संघमा नवराज लम्साल निर्वाचित भएका छन्। आइतवार भएको चुनावमा लम्साल विजयी भएका हुन्। उनले निकटतम प्रतिष्पर्धी वियोगी वुढाथोकीलाई पराजित गरेका हुन्। त्यसैगरि संघको बरिष्ठ उपाध्यक्षमा श्रवण मुकारुङ निर्वाचित भए। उपाध्यक्षहरुमा प्रदेश १ बाट विनोद पोखरेल, २ बाट गोपाल अस्क, ३ बाट ज्ञानुवाकर पौडेल, ४बाट डा कुसुमाकर न्यौपाने, ५ बाट उत्तमकृष्ण मजगैयाँ, ६ बाट मोतिराज वम र ७ बाट रामलाल जोशी निर्वाचित भएका छन्।

naba-raj-lamsal.jpg

संघको महासचिवमा रत्नमणी नेपाल, उपमहासचिवमा रामेश्वर राउत मातृदास निर्वाचित भएका छन। खुल्ला ३ सचिव पदमा भने वाबु त्रिपाठी, घनेन्द्र ओझा र नविनचन्द्र घिमिरे निर्वाचित भएका छन्। सचिवमा प्रदेश १बाट शुरेस सुवेदी, २ बाट हरिकृष्ण काफ्ले, ३ बाट पुष्प अधिकारी अञ्जली, ४ बाट लक्ष्मीशरण अधिकारी, ५ बाट बनमाली निराकार, ६बाट कृष्णराज जिसी, ७ बाट सोझो गाउँले निर्वाचित भएका छन्। महिला सचिवमा भने विमला तुम्खेवा निर्वाचित भइन। कोषाध्यक्षमा भने सन्ध्या पहाडी निर्वाचित भइन।

प्रदेश सदस्यमा १बाट राधिका गुरागाई र बिष्णुदिप संकल्प, २बाट कुमार दाहाल कुसुम र तोयाराज घिमिरे, ३ बाट बालकृष्ण थपलिया र मुरारी दुलाल, ४बाट सरस्वती शर्मा जिज्ञासु र उपेन्द्र खनाल, ५ बाट दामु मर्सिफुल र सरस्वती वस्याल, ६ बाट ऋषि शर्मा सुदामा र नेखि धनेन्द्र, ७ बाट कैलाश कुमार पाण्डे र हर्क कडायत निर्वाचित भएका छन्।

खुल्ला केन्द्रीय सदस्यमा मेदिनी कुमार केवल, प्राध्यापक डाक्टर गोपाल भण्डारी, रमेश पौडेल, शिवराज योगी, डा वलदेव अधिकारी, टेकराज अवस्थी, सुको साइवर, प्रकाश थाम्सुहाङ धनराज सापकोटा केशव सिग्देल श्रीबाबु कार्की उदास नारायण सापकोटा ह्याग्रीव आचार्य भरत भारद्धाज हेम प्रभास जीवराज डिसी निर्वाचित भएका छन।

महिला केन्द्रीय सदस्यमा उर्मिला थपलिया, लक्ष्मी पौडेल उषा, उमा सुवेदी, सरस्वती पन्त र अनुपमा रेग्मी निर्वाचित भए। समावेशी सदस्यमा सूर्य कुमार लाकाजु भए। मधेशीमा राजेश वर्मा निर्वाचित भए। ६३ सदस्यीय कार्यसमितिमा महिला ५ जना, आदिवासी मधेशी मुस्लिम अल्पसंख्यकमा ६पद, प्रदेशबाट १४ जना र खुल्लामा १६ जना सदस्य रहेको पत्रकार मुकुन्द भण्डारीले जनाएका छन्।

निर्वाचन कार्यक्रम अघी नेपाली लेखक सङ्घको छैठौँ राष्ट्रिय महाधिवेशन पाँचबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ। दुईदिने महाधिवेशनले सङ्घको साङ्गठनिक स्वरुप परिमार्जन गरी समावेशी सिद्धान्तको आधारमा परिमार्जित विधान, २०७३ बमोजिम निर्वाचन सम्पन्न गएको घोषणा गरेको छ।

सङ्घीय लोकतान्त्रिक संविधान, २०७२ घोषणा भएकोमा सङ्घले धन्यवाद दिँदै नेपाली साहित्य तथा राजनीतिका शिखर व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको जन्मशताब्दीका अवसरमा जन्मशताब्दी मनाउन सहयोग गर्ने सरकार, नेपाली काँग्रेस, बिपी कोइराला नेपाल–भारत प्रतिष्ठानलगायत अन्य सहयोगी शुभेच्छुक संस्थाप्रति धन्यवाद प्रकट गरेको छ।

त्यस्तै, नेपाली साहित्यको सम्वद्र्धनमा योगदान गर्नुहुने महाकवि लक्ष्मीप्रसाद देवकोटा, राजनीतिज्ञ तथा साहित्यकार बिपी कोइराला, वरिष्ठ साहित्यकार भीमनिधि तिवारी, गोविन्द गोठाले, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, बैरागी काइँला, डा तुलसीप्रसाद भट्टराईलगायतलाई महाधिवेशनले हार्दिक धन्यवाद दिएको छ।

घोषणापत्र तयारी समितिका संयोजक वरिष्ठ गीतकार दिनेश अधिकारी, सदस्यद्वय प्रा डा कुमारप्रसाद भट्टराई र डा लक्ष्मणप्रसाद गौतम रहनुभएको सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण