गृहपृष्ठ » अार्थिकखुल्यो सुनवल–गोठादी सडकको ट्र्याक

खुल्यो सुनवल–गोठादी सडकको ट्र्याक

May 2, 2016१०९ पटक

नवलपरासी,वैशाख २०  –

नवलपरासीको सुनवलदेखि महलपोखरी हुँदै पाल्पाको गोठादी जोड्ने पहाडी सडकको ट्र्याक १० वर्षपछि पूरा भएको छ ।विसं २०६३ मा सुनवल नगरपालिकाको सक्रियतामा उक्त सडक निर्माण सुरु भएको हो । सडक निर्माणसँगै नियमित सवारी आवातजावत सुरु भएको छ । हाललाई आइतबार दैनिक चारवटा तथा अन्य दिन एउटा गाडी सञ्चालनमा ल्याइने मध्य नेपाल यातायात व्यवसायी समितिका अध्यक्ष ऋषिराम पौडेलले जानकारी दिए ।

सुनवलबाट पाल्पाको भुतुकेसम्मका लागि हाललाई १८० रुपैयाँ भाडा कायम गरिएको छ । सडक निर्माणपछि पाल्पाका गोठादी, रहवास, दहलगायतका बासिन्दालाई सुनवल आउजाउ गर्न सहज भएको छ । कुल एक करोड २१ लाख ६५ हजार रुपैयाँको लागतमा उक्त सडक निर्माण सम्पन्न भएको हो ।

जिविस नवलपरासी, सुनवल नगरपालिका र उपभोक्ताको गरी ८४ लाख ७४ हजार रुपैयाँ तथा जिविस पाल्पा, गोठादी गाविस र उपभोक्ताको गरी ३६ लाख ९१ हजार रुपैयाँको लागतमा सो सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको हो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर थापा सो सडक पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण भएको बताउँछन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण