गृहपृष्ठ » खेलकुदशहिद स्मृति प्रतिष्ठानले चुम्यो खसी

शहिद स्मृति प्रतिष्ठानले चुम्यो खसी

May 2, 2016१६९ पटक

बेगम महरा दाङ, २० वैशाख
गाविस स्तरिय भलिबल प्रतियोगिता दाङको मानपुरमा आइतबार सम्पन्न भएको खेलमा शहिद स्मृति प्रतिष्ठानले प्रथम स्थान हासिल गरि खसी हात पार्न सफल भएकोछ ।

युवा सञ्जाल मानपुरको आयोजनामा २ दिन सम्म सञ्चालन भएको उक्त खेलमा दोश्रोमा वडा न. २ र तेश्रोमा वडा न. ३ को संघर्षशिल क्लव विजयी भएका थिए भने म्यान अप द म्यान शहिद स्मृतिका रेशम विक भएका थिए ।

खेलका लागि ९ वटा समूहले भाग लिएका थिए । युवा सञ्जाल मानपुरका कोषाध्यक्ष सुशील के.सी. स्वागत मन्तव्यवाट सुरु भएको समापन कार्यक्रमा वोल्दै युवाहरुलाई राज्यले उपेक्षा र प्रयोग मात्रै गरेकोले अब राज्यले यस तर्फ ध्यान दिनु पर्ने कुरामा जोड दिएका थिए । यसरी बोल्नेहरुमा नोपली कांग्रेस मानपुरमा इकाई सभापति लाल बहादुर डाँगी, नेकपा एमाले शशीधर पौडेल, ए्कीकृत माओवादीका शिवानन्द डाँगी, नेकपा माओवादी क्रान्तिकारीका वलवहादुर डि.सी., मानपुर स्वास्थ्य चौकीका इञ्चार्ज नारायण घर्ति, दलित सञ्जाल मानपुरका अध्यक्ष मानसिं सुनार, अखिल क्रान्तीकारीका केन्द्रिय सदस्य मिनराज वली, वडा नं. ७ का संयोजक भोजराज वली लगायतकाले बोलेको थिए ।

युवा सञ्जालका अध्यक्ष सुवास बस्नेतको सभापतित्व एवमु मानपुर गाविसका सचिव गेहराज पौडेलको प्रमुख आतिथ्य र मध्यपश्चिम भलिवल संघका अध्यक्ष देवेन्द्र सिं वैरागीको विशिष्ट आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो । भने कार्यक्रमको सहजीकरण सदस्य सुसिल वलीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण