महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु
बेगम महरा दाङ, २० वैशाख
दाङ महिला जेसिजको आयोजनामा सप्ताहव्यापी कार्यक्रम आज सोमवारदेखी सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रमको घोराहीमा एका कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको हो । सप्ताहको प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले उद्घाटन गर्नुभएको हो । सप्ताहको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी काफ्लेले महिलाहरुको नेतृत्व तथा व्यत्तित्व विकासको जेसिज सप्ताहले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । घरसँगै समाजमा सकारात्मक परिवर्तनका लागि महिलाहरुको भुमिका महत्वपुर्ण हुने भन्दै प्रमुख जिल्ला अधिकारी काफ्लेले त्यसका लागि महिला जेसिजमा आवद्ध महिलाहरुले पहल गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रमका विशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायतले नेतृत्वसँगै समाजिक विकास लागि महिलाहरु लाग्नुपर्ने बताउनुभएको थियो । महिलाहरुले जेसिजका माध्यमवाट नेतृत्व र व्यत्तित्व विकाससँगै घरेलु हिंसा, बालविवाह, ट्राफिक सचेतना, लागु औषध दुव्यर्सनी नियन्त्रण लगायतका कार्यहरुमा समेत अघि बढ्नुपर्ने आवश्यकता रहेको प्रमुख कडायतले बताउनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासघका पूर्व केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासघ दाङ शाखा उपाध्यक्ष लक्ष्मी आचार्य, नेपाल परिवार नियोजन दाङ शाखा अध्यक्ष निर्मला गौतम, त्रिभुवन नगर जेसिजका कार्यवाहक अध्यक्ष विवेक आचार्य, त्रिभुवन नगरजेसिजका पूर्व अध्यक्ष दिपक श्रेष्ठ, लमही नगर जेसिजका अध्यक्ष उमाकान्त चौधरी, गणेशमान सिह चिन्तन केन्द्रका अध्यक्ष तुल्सी राना, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, हिमवन्ती नेपालकी अध्यक्ष राधा आचार्य, दाङ महिला जेसिजकी सस्थापक अध्यक्ष निर्मला गौतम, पूर्व अध्यक्ष विना विसी, विन्दु कुवर,बिमला योगी लगायतकाले बोल्नुभएको थियो । दाङ महिला जेसिजकी अध्यक्ष सञ्जीता गौतमको अध्यक्षता तथा कार्यक्रम सयोजक डोमा पाण्डेको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सञ्चालन महासचिव रेखा शर्माले गर्नुभएको थियो । कार्यक्रमका सहभागिहरुलाई जेसिजकी ममता विष्टले धन्यावाद ज्ञापन गर्नुभएको थियो ।
महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत भोली मंगलवार दिउसो ११ बजे मालमन्दिर प्राविका विद्यार्थीहरुलाई स्टेशनरी एवं खेलकुद सामाग्री वितरण गरिने कार्यक्रम संयोजक सुलोचना प्रधानले जानकारी दिनुभएको छ । सप्ताव्यापी कार्यक्रम अन्तर्गत चैत २६ गतेसम्मा महिला जेसिजले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।