गृहपृष्ठ » समचारभ्रष्टाचारीलाई बढार्न प्रमुख जिल्ला अधिकारीलाई कुचो हस्तान्तरण

भ्रष्टाचारीलाई बढार्न प्रमुख जिल्ला अधिकारीलाई कुचो हस्तान्तरण

May 2, 2016९३ पटक

दाङ, २० बैशाख
बागेश्वरी असल शासन क्लब (बास) दाङले जिल्ला प्रशासन कार्यालयलाई भ्रष्टाचार न्युनिकरणका लागि ध्यानाकर्षण गराएको छ । भ्रष्टाचार विरुद्ध शुद्धिकरण अभियान अन्र्तगत बास दाङले जिल्लाका विभिन्न अधिकारकर्मी निकायहरुको समन्वयमा जिल्ला प्रशासन कार्यलयको गेट अगाडी आज विहान धर्ना दिएको छ भने ज्ञापनपत्र र कुचो बुझाएको छ ।

जिल्लामा भ्रष्टाचार, अनियमितता, घुसखोरी, ढिलासुस्ती लगाएतका विकृतिहरु न्युनिकरण गर्न ध्यानाकर्षण गर्नका लागि प्रशासनको गेटमा १५ मिनेट धर्ना दिएको हो । भ्रष्टाचारजन्य गतिविधिहरुमा संलग्नहरुलाई बढार्नको लागि सांकेतिक रुपमा ज्ञापनपत्रसंगै कुचो पनि प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेलाई हस्तान्तरण गरीएको छ ।

“हामी भ्रष्टाचार बिरोधी हौं । घुस लिन र दिन बन्द गरौं । भ्रष्टाचार गर्नु भएकोछ भने यहाँलाई प्रबेश निषेध” लेखिएका प्लेकार्ड बोकेर प्रशासनको अगाडी धर्ना दिइएको थियो । साथै ज्ञापनपत्रमा जिल्लामा भईरहेका सबै खालका भ्रष्टाचारहरुको नियन्त्रण गर्नुपर्ने, सरकारी साधनहरुको दुरुपयोगमा रोक लगाउनु पर्ने, नियमित रुपमा सार्बजनिक सुनुवाई गर्नुपर्ने, भ्रष्टाचार बिरुद्धका उजुरीहरुको सुनुवाई गर्नुपर्ने माग राखेको छ ।

हरेक सरकारी कार्यालयमा सुचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने, बिना झण्झट आबश्यक सुचना र सेवा सर्बसाधारणलाई उपलब्ध गराउनुपर्ने, सुचनाको हक सम्बन्धिको ऐन र सुशासन ऐन पालना गर्नुपर्ने, हरेक कार्यालयमा नागरिक बडापत्र र गुनासो पेटिकाको व्यवस्था गर्नुपर्ने, जल्ला स्तरमा गठित भ्रष्टाचार बिरुद्धको समितिलाई सक्रिय बनाउनुपर्नेमा ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको बास दाङका सचिब नवीन अभिलाषीले जानकारी दिनुभयो ।

ज्ञापनपत्र र कुचो बुझ्दै प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले भ्रष्टाचार न्युनिकरणका लागि सबै भन्दा पहिले आत्मशुद्धिकरण हुने बताउनु भयो । भ्रष्टाचार न्युनिकरणका लागि सम्पुर्ण ब्यक्ती, निकायहरु सचेत र जिम्मुवार बोध हुन आबस्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नागरीक समाजका सचिब चन्द्रराज पन्त, मानबअधिकारकर्मी केशबकुमार शर्मा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतम, सिसा नेपालकी अध्यक्ष साजिदा सिद्धिकी युवा सञ्जालका नेत्रसागर चौधरी, अधिकारकर्मी विष्णुकुमार देबकोटा लगाएको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण