गृहपृष्ठ » अार्थिकचाहिएको राहत पाउँदा अग्निपीडित खुसी

चाहिएको राहत पाउँदा अग्निपीडित खुसी

May 3, 2016८१ पटक

बेगम महरा, २१ बैशाख गढवा
गंगापरस्पुर ८ बाँकीका अग्नि पीडित शिवराज चौधरीले आफुलाई अत्यावश्यक सामान सहितको राहत पाउँदा खुसी ब्यक्त गर्नुभयो । त्रिपालको छानो भएपनि घरमा ओढ्ने ओछ्याउने केही थिएनन् , नत मं सँग भात खाने भाडाँकुडाँ प्रयाप्त थिए, ओढ्ने ओछ्याउने खाने पकाउने, झुल, कपडा र बच्चाका लागि समेत झोला र ड्रेस सहितको राहत प्याकेज पाउँदा उहाँले खुसी ब्यक्त गर्नुभयो । चौधरी जस्तै अग्निपीडित सबै परिवारका लागि ओढ्ने ओछ्याउने बिस्तारा र झूल, भात पकाउने भाडाँकुडाँको अभाव थियो । अत्यावश्यक भएका सामान सहितको राहत सामग्रीको पहिचान गरि सीसा नेपालले मंगलबार एक कार्यक्रमको आयोजना गरी ४४ घर परिवारलाई राहत वितरण गरेको छ । जसमा दुई दुई थान कम्बल, झुल र म्याट, चार चार थान थाल, गिलास, कचौरा, सबै परिवारलाई एक सेट लगाउने कपडा, विद्यार्थीकालागि झोला र ड्रेस तथा एक एक थान खाना पकाउने कडाइ, डेक्ची, डाडु र पन्यु गरी पाँचलाख असी हजार बराबरको राहत सामग्री अग्निपीडितको बस्तिमा पुगेर बितरण गरेको छ । कारितास जापान, कारितास नेपालले ६ लाख ८५ हजार र लक्ष्मी बैंकको ६५ हजार गरी ७ लाख ५० हजारको आर्थिक सहयोगमा जिल्ला दैविप्रकोप उद्धार समितिको समन्वयमा सीसा नेपालले अग्निपीडितका लागि अतिआवश्यकीय सामग्री बितरण गरेको सीसा नेपालका कार्यक्रम अधिकृत गिरिराज भट्टले जानकारी गराउनु भयो ।
clip_image002
सीसा नेपालका अध्यक्ष साजिदा सिद्धिकीको अध्यता र कारितास नेपालका क्षेत्रीय प्रमुख जनकराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लक्ष्मी बैंकका लमही शाखा प्रमुख सरोज चौधरी, रेडक्रस उपशाखा गढवाका सचिव शिवराज पन्थी, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज पोख्रेल, गंगापरस्पुर गाविसका सामाजिक परिचालक भगवती शर्मा चौधरी लगायतले अग्नी पिडितको पुर्नवासका लागि सबैले सोच्नु पर्ने बताउनु भएको भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण