गृहपृष्ठ » समचारत्रिवेणी आयल स्टोर्सको पम्प सिल वन्दि

त्रिवेणी आयल स्टोर्सको पम्प सिल वन्दि

May 4, 2016१०९ पटक

पप्पु रेग्मी

बर्दघाट, २२ बैशाख  । नवलपरासी जिल्लाको जमुनिया ४ गोपिगन्ज ( त्रिवेणी सडक खण्ड ) मा रहेको त्रिवेणी आयल स्टोर्स डिजल पम्पमा मंगलवार नाप तौल तथा गुणस्तर विभागले पम्पलाई सिलवन्दि गरेको छ । बुटवलबाट आएको नाप तौल तथा गुणस्तर विभागको टोलीले पम्पमा ५ लिटर डिजलमा १५० मिलिलिटर कम भए पछि जरिवाना सहित एक महिनाकोलागि पम्प नै सिल बन्दि गरिइएको हो ।

जमुनिया ४ गोपिगंज ( त्रिवेणी सडक खण्ड ) स्थित लाल बहादुर यादवको त्रिवेणी आयल स्टोर्सको पम्पलाई मंगलवार बेलुका करिव ५ बजेको समयमा गरिएको चेक जांचको क्रममा सिल वन्दि गरे पछि त्यस क्षेत्रका उपभोक्ताहरुले आफूहरु त्यस पम्पबाट निकै ठगिईएको भन्दै गुनासो समेत गरेका थिए । भारतले लगाएको अघोषित नाकावन्दिमा यस पम्पबाट डिजेल, पेट्रोल खुलेआम कालो वजारी गरि विक्रि वितरण गर्दा पनि पम्प नजिकै रहेको नेपाल प्रहरी र शसस्त्र प्रहरीले कालो बजारी रोक्न कुनै नसकेको स्थानीयको भनाई रहेको छ ।

नवलपरासी जिल्लाको यस क्षेत्रमा सञ्चालन हुने कृषि सामाग्रीकोलागि प्रयोग हुने टेक्टर लगाएतका स साना यातायात देखि स्थानीय ग्रामिण तह सम्म का जनतालाई झुक्याएर ठगीएको व्यापार गर्ने यादवको पम्पको चेक जांच गर्न जिल्ला प्रहरी सहितको टोली आएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण