गृहपृष्ठ » मनोरञ्जनफैलिदैछ  शुक्रबार देखि  रोल्पा रोग   ज्यान जोगाउन फिलिमहल तिर ठोक

फैलिदैछ  शुक्रबार देखि  रोल्पा रोग   ज्यान जोगाउन फिलिमहल तिर ठोक

May 4, 2016३२९ पटक

उज्यालो संवादाता

नेपाली दर्शकहरुलाई भोक तिर्खा अनि प्यास मेटौउदै धित मर्ने  गरि धेरै पछि असली नेपालि चलचित्र यति बेला प्रदशनको संहारमा छ , चलचित्र हो रोल्पा रोग। विसुद्द नेपाली कथामा त्यसमाथी दसबर्से जनयुद्धको बेला गाउँले जिवनको फराकिलो भोगाईलाई यसले समेटेको छ । भर्खरै पिजि सर्टिफिकेट पाएको  चलचित्र यहिं शुक्रवार वैशाख २४ देखि अल नेपाल रिलिज हुदैछ ।

चलचित्रलाई रजतपटमा डेब्यु गरेका  दिपक ओलिले निर्देशन गरेका छन् । पहिलो निर्देशनमै नेपालि सिनेबजारमा राम्रो छाप पार्ने संकेत यतिबेला चलचित्रप्रतिको दर्शकको चाखेर थाहा पाउन सकिन्छ  । यस अघि  वैशाख १७ मा रिलिज भनीएको चलचित्रको मिति एक साता पछी सरेपनि राम्रो चलचित्र भएकाले दर्शकहरु प्रतीक्षामै रहेको सामाजिक सन्जाल फेसबुक, टुईटरमा प्रतिक्रियाहरु आईरहेका छन् । हाल प्रचार प्रसारको क्रममै रहेको चलचित्र रोल्पा रोगलाई नेपाली दर्शकले निराश नबनाउने र  चलचित्र हेरिसकेपछि  दर्शकले  तारिफको कन्जुसाई नगर्ने एक कार्यक्रममा अभिनेता शिशिर भण्डारिले बताएका छन् ।

rolpa rog01ग्रामिण भेषको भुमिकामा ओखरेको पात्र निभाएका शिशीरले दर्शकले राम्रो माने ताली नभए गालि खान तयार रहेको पनि बताए , उनले थपे “हामिले दर्शक झुक्काउने काम गरेकाछैनौ एकदमै राम्रो फिलिम बनेकोछ , त्यो समय पनि नजिक छ २४ गते शुक्रवार दर्शकले  हलसम्म पुगेर छुटयाई हाल्नु हुनेछ “। चलचित्रमा शिशिरका अलावा  कुलदिप अधिकारी ,  जनक घर्ति , सुशील पोखरेल लगाएतका कलाकारको शिर्ष भुमीका रहेकोछ । सागितंक पक्ष सवल मानिएको चलचित्रमा गोविन्द मधुर आचार्यको स्वर संगित रहेकोछ। चलचित्रलाई निर्मला वलिको प्रस्तुतिमा थलबहादुर वलिले निर्माण गरेका हुन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण