गृहपृष्ठ » समचारप्युठानको तिराममा ट्याक्ट्रर दुर्घट्ना, २ बालकको ज्यान गयो

प्युठानको तिराममा ट्याक्ट्रर दुर्घट्ना, २ बालकको ज्यान गयो

May 4, 2016११५ पटक

उज्यालो लालटिन,प्युठान, वैशाख २२ – प्युठानको तिराममा आज ट्रयाक्टर दुर्घटना हुँदा दुई जना बालकको ज्यान गएको छ । रा १ त ९३४ नम्बरको ट्रयाक्टर बुधबार दिउँसो दुर्घटनामा पर्दा तिराम-७ का १० वर्षका वेगम पुन र तिरामकै ११ वर्षका दिपेन्द्र पुनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । गाउँमा बाटो खन्नका लागि एक्साभेटरलाई इन्धन लिएर जाँदै गरेको ट्रयाक्टर उकालोमा ‘ब्रेक फेल’ भएर दुर्घटना भएको प्रहरीको भनाई छ । मृतक बालकहरु गाउँमा पहिलो पटक पुगेको ट्रयाक्टरमा चढेर घरतर्फ फर्कंदै गरेको स्थानीय बासिन्दाले बताएका छन् । घटनामा परी ३ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर छ । गाउंमा पहिलो पट्क ट्याकटर पुगेको खुसिमा चढेका बालकको तिराम ७ जुगपानीमा दुर्घट्ना हुंदा मृत्यु भएको हो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण