गृहपृष्ठ » अार्थिक, बिचार/ब्लगसंखम भिरको बिकासमा राज्यको ध्यान कहिले पुग्ला?

संखम भिरको बिकासमा राज्यको ध्यान कहिले पुग्ला?

May 5, 2016४५३ पटक

मिति:२०७३ बैशाख २३ गते बिहिबार प्रकाशित।
रमेश हतुवाली received_1159971784047355
भोजपुर जिल्लाको संखर भिर प्राकृतिक छटाले भरिपुर्ण र ऐतिहासिक महत्व बोकेको पर्यट्कीय गन्तव्य हो। तर पनि यस्को प्रचारप्रसार र बिकास हुन सकिरहेको छैन।

भोजपुर बाट १२ कोष दक्षिण क्षेत्रमा रहेको चर्चित बजार घोरेटारबाट ३/४ किलोमिटर मास्टर सिन्द्राङ् गाविस मा रहेको संखम भिर तथा सय बृक्ष रुख अनि खोटे सल्लाको पातहरूमा सुस्त सिर सिर हावा कति रमाइलो दक्षीण फर्केर हेर्दा तराईको समतल फाटहरु उदयपुर, सुनसरी, धनकुटाका अधिकांश मनोरम दृश्य कति मनमोहक देखिदो रहेछ । फेरि उत्तर पुर्ब तिर फर्केर हेर्दा संखुवासभा तिरका केही डाँडा  अरुण नदी बगेर आएको भोजपुर संखुवासभाका केही सुन्दर पाखा अनि त्यहाँ भन्दा माथि हेरौ न मकालु हिमालले हामिलाइ हेर्न आउ भनेर बोलाई रहेको दृश्य स्पष्ट निहाल्न सकिन्छ,

बिहानीको झुल्के घाम संगै सधै हेरु हेरु लागिरहन्छ।त्यही बेला उता उत्तर तिर आँखा पर्यो भने सेल्मे र टेम्के चौरहरु, यिनलाइ हिउँले जिस्काइ रहेको आभास हुन्छ। त्यही डाँडा हेर्दै हेर्दैआउँदा झनै मोहित बनाउने झिलिमिल्ली हाम्रो भोजपुर सदरमुकाम देखिने संखम डाँडा बाट सिधै कावाखोला पारि हेरौ त क्रान्ति योद्धा राम प्रसाद राईको बासिखोरा गाउँले फेरि त्यस्तै क्रान्ति योद्धा जन्माएछ जस्तो अनुभव देखिन्छ र मन मा लाग्छ .! संखम चुली भिरको केही मिटर तल एउटा ठुलो रुख सुस्ताई रहेको देखिन्छ त्यही डाँडा मा गाई गोठाले दाईलाई त्यो के को रुख भनेर सोध्यो भने भन्छन् सय बृक्ष को रुख हो .! आफैमा अचम्म झनै अरू कुरा बुझौ बुझौ लाग्ने किराँत हरुको आफ्नै इतिहास बोकेको र जोडिएको संखम भिर सय बृक्ष रुख जस्ता प्राकृतिक सम्पदा ले भरिभराउ हाम्रो दक्षिण भोजपुर कति शान्त बाताबरण कति स्वच्छहावा , मन नै लोभिने खालको छ।चिलाउने, कतुस र सल्लाको सुसाइ र चरा चुरुङगीको बिहानीको सन्देशले संखम चुली स्वर्गकोअनुभुती दिने तर खै राज्य ले देखेको ..?? आन्तरिक पर्यटन बिकास र प्रसार प्रचार खोजीमा रुमल्ली रहेको देखिन्छ छ संखम भिर। साच्ची यतिबेला संखम भिरले राज्य खोज्दै छ, राज्य मौन बसिरहेको भान हुन्छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण