गृहपृष्ठ » बिचार/ब्लगबाटो बिराएको कांग्रेश र निति हराएको कम्युनिष्ट

बाटो बिराएको कांग्रेश र निति हराएको कम्युनिष्ट

May 5, 2016४३३ पटक

खेमराज दाहाल

12321372_592392717577493_1059463062965606073_n(1)

नेपाल को इतिहाश मा राणा सासन को अन्त्य गर्न देखि लिएर लामो समय देखि एक छत्र राज गर्दै आएको शाही राज सस्था को बिस्थापन को लागी नेपाल का राजनितिक पार्टी नेपाली कांग्रेश र कमनिष्ट हरु हरु को मुख्य भूमिका रहदै आएको छ ।

यी दुई ठुला राजनितिक पार्टी हरु का आ आफ्नै मूल्य र मान्यता हरु छन्। कमनिष्ट हरु माक्स लेलिन र माओ को सिद्धान्त  बाट देश लाइ सास्कृतिक सामाजिक बिकाश का निम्ती प्रयत्न गरे । समाजबाद र प्रजातान्त्रिक पद्दति अनुसार नेपाली कॉंग्रेश ले आफु लाई अब्बल राख्यो ।
नेपाली कांग्रेश का संस्थापक नेता एबम मुलुकै पहिलो जन निर्बाचित प्रधानमन्त्री बीपी कोइराला लाई राजा महेन्द्र ले अपदस्त गरी सासन ब्यबस्था आफ्नो हात मा लिये त्यस पश्चात देश मा ३ दशक जती पंचायती ब्यबस्था कायम रह्यो ।पंचायती ब्यबस्था अन्त्य को को निम्ती नेपाली कांग्रेश को नेतृत्व मा भएको जन आन्दोलन ले देश मा फेरी संसदीय ब्यबस्था को सुरुवात भयो ।
२०४७ साल देखि अहिले २०७३ साल सम्म को इतिहाश लाइ हेर्दा२०४७ देखि २०७३ साल को अन्तर २५ बर्ष को छ एस्मा २४ पटक सम्म नेपाल मा सरकार परिबर्तन हरु भएका छन् । यस अन्तराल मा लगभग नेपाली कांग्रेश नै सबै भन्दा बडी सरकार मा गएको पार्टी र सबै भन्दा ठुलो दल को रूप मा आफु लाई राख्न सफल भएको देखिन्छ ।
तर जब पंचायती ब्यबस्था अन्त्य भयो र देश मा सामान्य तय शान्ति र सुसान को केही अनुभव हुदै थियो ऐसै अबसर मा नेपाल कमनिष्टको क्रान्तिकारी पार्टी माओबादी को उदय सँगै १० बर्षे जन युद्ध भयो देश ले खरबौ को क्षति बेहोर्न पर्यो । यस माओबादी को १० बर्षे जनयुद्ध को समय मा धेरै जसो नेपाली कांग्रेश को नै सरकार रहेको देखिन्छ । माओबादी १० बर्षे जनयुद्ध ले ग्रसित देश मा नेपाली कांग्रेश ले निभाएको भुमिका को समीक्षा गर्ने हो भने देश को आर्थिक देखी बिभिन्न रोजगारी क्षेत्र मा अतुलनिय भुमिका निभाएको छ । प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेश को नै नेतृत्व मा फेरी समय र जेनेरेसन को माग सँगै आफ्नो प्रजातान्त्रिक प्रणाली लाई सुधृणि करण गरी २०६२/६३ को जन आन्दोलन सहभागी भई ससस्त्र आन्दोलन गरी रहेको माओबादी लाई सान्ती प्रक्रिया  मा ल्याई जन आन्दोलन को नेतृत्व गरी नेपाल लाई लोकतान्त्रिक पद्दति मा ल्याउन ठुलो भुमिका खेलेको थियो ।
२०६२/६३ को जनआन्दोलनले   राजसस्था लाई बिस्थापित गर्दै मुलुक लोकतान्त्रिक गणतन्त्र मा आए पश्चात देश मा ८ पटक सम्म सरकार फेरिएका छन् एस्मा कमनिष्ट पार्टी हरु का तर्फ बाट सबै भन्दा धेरै सरकार मा गएका छन् । १० बर्षे जनयुद्ध गरेर आएको पार्टी माओबादी दुई दुई पटक सम्म सरकार मा पुग्दा पनी मुलुक ले संबिधान पाउन नसक्दा र पुरानो कमनिष्ट पार्टी एमाले पनी दुई पटक सरकार मा जादा पनी कुनै सहमती र संबिधान न आउँदा काही कमनिष्ट नपुंगसक पार्टी त हैन भन्न लाई खासै सरम नहोला । केही गर्दा पनी जस नपाउने पार्टी देश को नै ठुलो पार्टी कांग्रेश को नै नेतृत्व मा देश ले संबिधान ल्याउन सफल भयो तर देश मा आएको प्राकृतिक प्रकोप महा भुकम्प को कारण कांग्रेश को सरकार केही रूप मा आलोचित भए त पनी पूर्ण रूप मा सक्षम देखिएको नै थियो ।
पछिल्लो समय नेपाली कांग्रेश मुलुक को सबै भन्दा ठुलो पार्टी हुदा हुदै पनी देश कांग्रेश मय हुदा हुदै पनी प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख बनाउन बाट कांग्रेश चुक्नु ले पनी कांग्रेश को भाबी पुस्ता लाइ असर परेको छ पश्चिमा मुलुक हरु बाट संचालित कमनिष्ट हरु को लहै लहै मा लागी ८५% भन्दा बडी हिन्दू हरु को जनमत भएको देश मा धर्म निरपेक्ष जस्तो संगीन सब्द देश ले समाज ले हाम्रो संस्कृती ले पचाउनै नसक्ने सब्द प्रयोग गरी कांग्रेश ले आफ्नै राजनीतिक जिबन को बली चड़ाएको छ । भने देश तेही कारण ले संक्रमीण अबस्था मा गुज्रीरहेको पनी छ ।कांग्रेश को महा अधिबेशन मा देखिएको पुरानै प्रबृति उमेर को हद बन्दी नेता हरु को कार्यक्षमता भन्दा गुट उपगुट बाट चलेको राजनीती ले फेरी कांग्रेश ले जितेर पनी हारेको महसूस कांग्रेश का सुभ चिन्तक कार्यकर्ता मा परेको छ  ।

मुलुक मा संबिधान आए पश्चात नेपाली कांग्रेश ले जुन भुमिका निर्बाह गर्न पर्थ्यो त्यो नगरी बाटो बिराएको छ । आफ्नो नेतृत्व मा आएको संबिधान को श्रेय आफुले लिन नसकेको कारण निकै आलोचित बन्न पुगेको कांग्रेश ले ओली सरकार लाइ समर्थन नगरी फेरी सरकार को लागी दौड गरी कांग्रेश नेतृत्व ले भाबी पुस्ता लाई सम्म असर पारेको छ ।मुकुक को बीसम परिस्थिति भुकम्प पुन निर्माण संबिधान कार्यन्वयन जस्ता प्रमुख एजेण्डा हरु समाधान का निनित्त सबै भन्दा बडी आफ्नो काध मा हुदा हुदै ओली सरकार को बिकल्प खोज्ने बाटो मा कांग्रेश लागेको छ एस्ले सबै भन्दा ठुलो असर भाबी दिन मा कांग्रेश लाई पर्ने छ ।
अहिले सम्म को इतिहाश मा कमनिष्ट सरकार ले कहिले पनी देश मा सान्ती सुरक्षा र अमन चयन को परिस्थिति सिर्जना गर्न सकेको छैन तेही कमनिष्ट त्यो पनी माओबादी लाइ काखी चेपेर  कांग्रेश आफु नाँगिने खेल मा लागेको स्पस्ट छ । आफ्नै अस्तित्व मेटि सकेको माओबादी र छिचौरो कमनिष्ट राजनीती बाट नेपाल राजनितिक समाधान खोज्नु र तल बगाएको मान्छे लाई माथी खोज्नु जस्तै हो अँधेरो मा हराएको समान येहाँ उज्यालो रहेछ भनेर अर्कै उज्यालो भएको ठाउँ मा खोज्नु जस्तै हो तथापी अहिले को ओली सरकार को बिकल्प कॉंग्रेश ले खोज्नु आफ्नो खुट्टा मा आफै ले बँचरो हान्नु समान हुन्छ ।

लेखक उदयपुर निबासी हुन।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण